आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२४ घण्टामा ३८३ संक्रमित डिस्चार्ज, थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १९७५ नाग्याे

प्रकाशित
481
SHARES

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ६४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

प्रतिक्रिया