आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज नेप्से परिसूचक १५ अंकले बढ्याे, कारोबारमा नेपाल लाइफ अगाडि

प्रकाशित
372
SHARES

काठमाडौं । बुधबार सेयर बजार आधा हरियो र आधा रातो देखिएको छ । बैङ्किङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैङ्क, जलविद्युत्, फाइनान्स तथा निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ ।

बुधबार नेप्सेमा सूचीकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट एक करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।

होटलका लगानीकर्ताले धेरै गुमाए

परिसूचक दोहोरो अंकले वृद्धि हुँदा पनि धेरै कम्पनीका लगानीकर्ताहरुले फाइदा गुमाएका छन् । नेप्सेमा कारोबार हुने सबै इन्डेक्समध्ये सबैभन्दा धेरै होेटल समूह ओरालो लागेको छ । होटल २२ दशमलव ७७ अंकले घटेको छ भने व्यापार ८.९२ अंकले र बैंकिङ २.४३ अंकले ओरालो लागेको छ ।

उत्पादनमूलक ६२.९४ अंकले र अन्यमा रहेका कम्पनीहरूको मूल्य ११.७७ अंकले ओरालो लागेको छ । धेरै कमाउनेहरूमा भने बिमा, फाइनान्स र जलविद्युत कम्पनीहरू अगाडि देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बिमा समूह ७२९.३७ अंकले उकालो लागेको छ । फाइनान्स कम्पनी ४५.९६ अंकले उकालो लाग्दा जलविद्युत् ५४.५९ अंकले र निर्जीवन बिमा समूह १८५.९८ अंकले बढेको छ ।

१५ कम्पनीको सेयर मूल्य अत्यधिक बढ्यो

बुधबार कारोबार भएका २११ मध्ये १५ कम्पनीको सेयर कारोबार अत्यधिक बढेको छ । यी कम्पनीहरूको सेयर मूल्य सर्किट ब्रेक नजिकसम्म पुगेका थिए । १० प्रतिशत मूल्य घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार बन्द हुने व्यवस्था । यी कम्पनीहरुको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा माथि पुगेर रोकिएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा बेस्ट फाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य ९.९४ प्रतिशतले उकालो लागेको छ । दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैङ्कको ९.९३ प्रतिशत र तेस्रोमा ग्रिन डेपलपमेन्ट बैङ्कको सेयर मूल्य ९.८८ अंकले उकालो लागेको छ ।

सप्तकोसी डेपलमेन्ट बैङ्कको सेयर मूल्य पनि ९.८८ प्रतिशतले नै वृद्धि भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ९.८७, नेपाल फाइनान्सको ९.७६, प्रभु लाइफको ९.७५, नेपाल हाइड्रोको ९.७५, कर्णाली डेभलपमेन्ट बैङ्कको ९.७४ र श्रीइन्भेस्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ ।

यी हुन धेरै गुमाउने कम्पनी

बुधबार सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । विशाल बजारको सेयर मूल्य ३.९५ प्रतिशत अर्थात् १२९ रुपैयाँले घटेर ३ हजार १३६ रुपैयाँमा झरेको छ । दोस्रोमा भने कामना सेवा विकास बैङ्कको सेयर मूल्य ३.८२ अंक अर्थात ११ रुपैयाँले घटेर २७७ रुपैयाँमा झरेको छ ।

यस्तै सिभिल लघुवित्तको सेयर मूल्य ३.३८ प्रतिशत (३५ रुपैयाँ) ले घटेर १ हजार रुपैयाँमा झरेको छ भने सानिमा बैंकको डिबेञ्चर ३.३५ प्रतिशत (३६ रुपैयाँ) ले घटेर १ हजार ४० कायम भएको छ ।

यसैगरी बरुण हाइड्रोको सेयर मूल्य ३.२३ प्रतिशत, समिट लघुवित्तको २.७९, गुराँस लघुवित्तको २.५८ र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य २.४२ अंकले ओरालो लागेको छ ।

कारोबारमा नेपाल लाइफ अगाडि

धेरै सेयर कारोबार हुनेमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । कारोबार संख्या र कारोबार रकम दुवैका आधारमा नेपाल लाइफ पहिलो नम्बरमा देखिएको हो ।

प्रतिकित्ता २ हजार ८ सय ८५ रुपैयाँ रहेको नेपाल लाइफको सेयर ६१ करोड ४० लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको प्रभु बैङ्कको २९ करोड ५२ रुपैयाँभन्दा धेरेको कारोबार भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ३६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

यसैगरी शिखर इन्स्यारेन्सको २५ करोड १९ लाख रुपैयाँभन्दा धेरै र एनआईसी एसिया बैंकको १८ करोड २८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया