आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाको एउटा सहर जहाँ बाख्रो बन्यो मेयर

प्रकाशित
860
SHARES

काठमाडौँ । अमेरिकाको एक सहरमा अहिले एउटा कुकुर मेयरको रुपमा कार्यरत छ । मर्फी नामक क्याभेलिएर किंग चार्ल्स जातको उक्त कुकुर भन्दा अगाडि उक्त सहरमा एउटा बाख्रो मेयरको रुपमा थियो ।

सन् २०१८ मा लिंकन नामक बाख्रोलाई उक्त सहरले मेयरको रुपमा चयन गरेको थियो । यद्यपि ती जनावर मेयरहरु कार्यकारी भने होइनन्।  सम्मानार्थ मेयर हुन् । यसरी बाख्रो र कुकुरलाई मेयरको रुपमा छनोट गर्नुमा उक्त सहरवासी तथा नगर प्रशासनको खास उद्देश्य रहँदै आएको छ ।

सन् २०१८ मा मेयर बनेको लिंकन बाख्रोले झण्डै १० हजार डलर आर्थिक संकलन गरिदिएको थियो । हालको मेयर लिंकनले अहिलेसम्म २० हजार डलर संकलन गरिसकेको नगर व्यवस्थापक जो गुन्टर बताउँछन् ।

जब नगर प्रशासनले मर्फीकी मालिक्नी लिन्डा बार्कर समक्ष लिंकनलाई राजनीतिमा सामेल गराएर मेयर बनाउने कुरा राख्यो तब लिन्डा आश्चर्यमा परिन् । आफ्नो कुकुरलाई मेयर बनाएपछि कुकुरका तस्वीर तथा सन्देश अंकित टिसर्टहरु बिक्री गरेर सहरका लागि अर्थ संकलन गर्न सकिने उनको अपेक्षा थियो । तर विडम्बना कोरोना भाइरस महामारी सुरु भयो ।

त्यसैले टिसर्टको साटो उनले मास्क बिक्री गर्ने योजना बनाइन् । उनले अहिलेसम्म मर्फीको नामबाट १ हजार मास्क बनाएर बेचिसकेकी छिन् । भ्यालेन्टाइन डेमा थप मास्क बनाएर बेच्ने उनको योजना छ । उनले अहिलेसम्म मास्क बेचेरै ५ हजार डलर र र्याफल बास्केट बिक्रीबाट थप उत्ति नै रकम उठाएकी छिन् ।

त्यस्तै उक्त नगरलाई हालै संघीय भूमि तथा जल संरक्षण कोषले ५० हजार डलर अनुदान प्रदान गरेको छ । आखिर कुकुर र बाख्रा मेयरले संकलन गरेको आर्थिक सहयोगको उपयोग केमा हुँदैछ त ? वास्तवमा सहरको सामुदायिक खेल मैदानको पुनर्निर्माणका लागि उक्त रकम संकलन गरिएको हो ।

सहरका बालबालिकाहरु मज्जाले खेल्न र मनोरञ्जन प्राप्त गर्न सकुन् भनेर उक्त सामुदायिक खेल मैदानलाई भव्य ढंगले पुनर्निर्माण गरिँदैछ । तर अचम्म त के भने आफ्नै सहयोगमा उठेको रकमबाट बन्ने खेल मैदानमा ती जनावर मेयरहरु भने छिर्न पाउने छैनन् । किनकी सामुदायिक खेल मैदानमा कुकुर तथा बाख्राहरुका लागि प्रवेश निषेध गरिनेछ ।

अमेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो । टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर पदमा चुनिएको थियो ।

१६ वटा पाल्तु जनावरको बीचमा मेयर पदका लागि चुनाव गरिएको थियो । कुकुर, बिरालोलगायतका अन्य जनावर प्रत्यासीहरुलाई पछि पार्दै लिंकन बाख्रोले मेयर पदमा चुनाव जितेको थियो ।

मतदानका क्रममा लिंकनले १३ भोट प्राप्त गर्यो । जबकि, निकटतम प्रतिद्वन्द्वी स्याम्मी नामको कुकुरले १० भोट पायो । अन्य सबै उम्मेदवारले पाएको कूल भोट ३० थियो ।

मेयरको पदमा रहुन्जेल लिंकनले सहरमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ । फेयर ह्याभेन सहरमा करिब २५ सय मानिस बस्दछन् । सहरमा कुनै पनि मानव मेयर छैन । सहर व्यवस्थापकका अनुसार नर्थ मिसिगनमा केही समयअघि यस्तै घटना भएको थाहा पाएर उनीहरुले बाख्रोलाई मेयर बनाएका हुन् । उनका अनुसार स्थानीय खेल मैदान निर्माणको लागि कोष जम्मा गर्न यो उत्कृष्ट तरिका हुन सक्दछ ।एजेन्सी

प्रतिक्रिया