आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुशान्तको निधनको ७ महिनापछि उनको हातले लेखेको यस्तो पत्र सार्वजनिक, भारतभर हंगामा

प्रकाशित
615
SHARES

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको ७ महिना भइसकेको छ । उनको निधनमा बलिउडमा नयाँ तरङ्ग नै सृजना गर्यो । बलिउडमा नेपोटिजम, गुप्रिजम तथा लागु औ षध सेवनको बारेमा हंगामा नै भच्चियो जस्को प्रत्यक्ष असर भर्खरै क्यारियरको सुरुवात गरिरहेका अभिनेत्रीहरुलाई पनि पर्यो ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताउनुपर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आ त्मह त्या गरेको नभई उनको ह त्या भएको भन्दै छानविनको माग गरेका थिए । तर, पछि सुशान्तको निधनको बिषय ड्र ग्ससँग जोडिन पुग्यो ।

तर, सुशान्तले आत्मह त्या किन गरे भन्ने वास्तविकता खुलेको छैन । यसैविच, उनको निधन भएको ७ महिनापछि उनकी बहिनी श्वेता सिंह किर्तीले उनले लेखेको हस्तलिखित एक पत्र सार्वजनिक गरेकी छिन् । सुशान्तले लेखेको सो पत्रमा उनले जिन्दगीको वास्तविक खेलको बिषयमा कुरा गरेका छन् ।

सुशान्तले लेखेका छन्–‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० बर्ष खर्च गरिदिएको छु । सुरुवाती ३० बर्ष केही बन्ने तयारीको लागि मैले खर्च गरेँ । म हरेक कुरामा राम्रो बन्न चाहन्थेँ । म टेनिस खेलमा, स्कुलमा राम्रो बन्न चाहन्थेँ ।

मैले हेरक कुरालाई सोही आँखाले हेरेँ । म जस्तो छु, यो ठिक होइन । मलाई सबै कुरा राम्रोसँग त मिल्यो तर मलाई महशुश भयो कि यी सबै खेल नै गलत थियो । किनकी, सबै खेल त त्यही कुराको खोजीमा थियो जुन म पहिलेदेखि नै थिएँ ।’

प्रतिक्रिया