आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतले नेपालमाथि लगायो फेरि यस्तो प्रतिबन्ध

प्रकाशित
781
SHARES

भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन् । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात भइरहेको पाम आयल नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा पठाइने गरिएको थियो ।

‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको छ,’ नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले भने ।

वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रु ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।

तर, भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेको जानकारी दिँदै ओसिबी फुड्सका सञ्चालक सुरेश रुगङ्टाले भने, ‘पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए तर भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डर बढेको छ । अहिले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएका छन् ।’

नेपालबाट प्रशोधन भएर भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजार ओगटेको बताइन्छ । पाम आयलको आयातमा भारतले प्रतिबन्ध लगाएपछि उद्योगीले आफ्ना उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम आयलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडियाले बताए ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु नौ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ ।

निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब रु दुई अर्बको १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।- रासस

यस्तै यता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैटौं संयुक्त आयोगको बैठकमा सहभागी भई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सञ्चारकर्मीहरु सामु मन्त्री ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् ।

‘सबैभन्दा ठूलो कुरा के हो भने यो छलफल (आयोग र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेट) पछि अब हामी सीमा समस्यालाई छिटो समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छौं । जहाँ–जहाँ सिमांकन गर्न बाँकी छ । जहाँचाहि नापी गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरु छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका छन्,’ मन्त्री ज्ञवालीले भने ।

अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा छलफल गर्न बाँकी छ । र, ती छलफलहरु सम्बन्धित संयन्त्रहरुको बैठकले टुंगो लगाउने छन् । उदाहरणका लागि दुई मुलुकबीचको सीमाका समस्या र नापीका सम्बन्धमा संयुक्त सीमा समूहले काम गर्ने छ भने दुई मुलुकबीच विवादित क्षेत्रको रुपमा रहँदै आएको छ ।

नेपाल र भारतले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेको क्षेत्रहरु सुस्ता र कालापानी क्षेत्रको भने दुई मुलुकबीच रहेको परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गर्ने छ । सन् २०१४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगले सुस्ता र कालापानी क्षेत्रको विवादको सम्बन्धलाई वार्ता गर्नको लागि परराष्ट्र सचिव स्तरीय संयन्त्रको स्थापना गरेको हो ।

‘जहाँसम्म संयन्त्रहरुको बैठकको कुरा हो । हामीले दुवैतर्फबाट वार्ताको प्रक्रियालाई अघि बढाएका छौं । राजनीतिक ढंगले पनि कुराहरु बढाउँदै जाऔं भन्ने हो । अर्को ढंगबाट पनि जाने भन्ने हो,’ मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीले आइतबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग पनि सीमाको विषयमा कुरा गरेको जानकारी दिए ।

ज्ञवालीले काठमाडौं आउनुअघि सिंहसँग दिल्लीस्थित उनकै निवासमा गएर भेटवार्ता गरेका थिए । ‘माननीय राजनाथ सिंहले यो विषय (सीमा विवाद) मा छलफल गर्न सकिन्छ भन्नु भएको छ । जहाँसम्म भारतको पोजिसनको कुरा हो, हामीले बुझेकै कुरा हो । (सीमा विवाद) ठ्याक्कै सहमतिमा पुगिसकेको अवस्था त होइन । त्यस कारणले भारतका आफ्नै पोजिसनहरु छन्,’ ज्ञवालीले भने ।

उनले रक्षामन्त्री सिंहसँगको वार्ताका दौरान नेपाल र भारतबीचको डिफेन्स सहकार्यको विषयमा पनि छलफल गरेको बताए । उनले भने,‘खास गरी दुई मुलुकका सेनाबीच विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्यको कुरा भएको हो ।’ मन्त्री ज्ञवालीले नेपाल सेनाले दार्जुलाको सदरमुकामबाट लिपुलेक जाने बाटोको रुपमा रहेको छाङरु क्षेत्रमा बाटो निर्माणको लागि भारतीय सेनासँग सहकार्य गरेर विष्फोटक पदार्थ प्रयोग गरी काम गर्ने दुई मुलुकका सेनाबीचमा यस अघि नै भइसकेको जानकारी पनि दिए ।

मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई मुलुक बीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुद बनाउने दिशामा योगदान पुगेको विश्वास व्यक्त गरे । उनले भने,‘आगामी दिनमा थप दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरु तथा वार्ता हुने र सम्बन्धलाई थप मजबुद बनाउने विश्वास मैले लिएको छु ।’

परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिए ।

प्रतिक्रिया