आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रकाशित
460
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। आइतबार बिहान शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए। प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा रहेको छ। तर भेटमा भएका कुराकानीबारे बाहिर खुलाइएको छैन।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् । पार्टीले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब चुनावका लागि सबै तयार हुनुपर्ने बताए ।

गृहमन्त्री थापाले जनताको बीचमा संघिय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप समेत लगाए । कार्यक्रम स्थलमा जाने क्रममा नेविसंघका नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए ।

प्रतिक्रिया