आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाका कारण ९ महिनादेखि बन्द काठमाडाैंका विद्यालयहरु आजबाट खुले

प्रकाशित
374
SHARES

काठमाडाैं । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयहरु आजबाट संचालनमा आएका छन् । कोरोना महामारीका कारण झण्डै ९ महिनाअघिबाट उपत्यकाका विद्यालयहरु बन्द रहेका थिए ।

यसबीचमा अनलाईन कक्षाहरु संचालन भएपनि भौतिक उपस्थितीमा भने कक्षा संचालन हुन सकेको थिएन । काठमाडौं उपत्यकाका विद्यालयहरु पूर्ण रुपमा संचालन गराउन माघ १ गतेबाट महानगरले अनुमति दिएको थियो । तर विभिन्न तयारीमा समय लागेका कारण केहि दिनको अन्तरालपछि विद्यालयहरु संचालनमा आएका हुन् ।

विद्यालयमा उपस्थित हुने शिक्षक विद्यार्थीको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ भने शिक्षक र विद्यार्थीबीच भौतिक दुरी  अनिवार्य कायम गुर्नुपर्नेछ । उता भेरी नगरपालिका–५, काफलचौरस्थित जाजरकोट बहुप्राविधिक शिक्षालयका विद्यार्थी भवनलगायत पूर्वाधार अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका छन् ।

शिक्षकले बाँसको पोलमा सेतोपाटी झुन्ड्याएर लामो समयदेखि पढाउँदै आएका छन् । ‘वर्षा हुँदा र चर्को घाम लाग्दा पढाइ बन्द गर्नुको विकल्प छैन,’ शिक्षालय प्रमुख दानबहादुर ठकुरीले भने, ‘पूर्वाधार अभावबीच पनि पठनपाठन गराइरहेका छौं ।’ उनका अनुसार शिक्षालयको नाममा २२ रोपनीबाहेक अरू कुनै सम्पत्ति छैन ।

शिक्षालयले गत पुसदेखि पठनपाठन सञ्चालन गर्दै आएको छ । शिक्षालयमा कुर्सी, बेन्च, दराजलगायत फर्निचरसमेत नभएको उनले बताए । ‘शौचालय र खानेपानी छैन,’ उनले भने, ‘शिक्षक र विद्यार्थीलाई शौच लागे जंगलमा दौडनुपर्ने बाध्यता छ ।’

शिक्षालयले चार कोठे भाडाको कच्ची घरमा कार्यालय सञ्चालन गरिरहेको उनले जानकारी दिए । यहाँ वन विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङको पढाइ सञ्चालन भइरहेको छ । शिक्षालयले तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालनको स्वीकृति पाएको हो ।

अहिले शिक्षालयमा वन विज्ञानतर्फ ३७, सिभिल इन्जिनियरिङमा ४८ र पशु विज्ञानतर्फ २९ जना विद्यार्थी अध्ययनरत छन् । ‘जिल्लास्तरीय नेताहरूले परिषद्बाट शिक्षालयको स्वीकृति ल्याउन धेरै जोडबल गरे,’ ठकुरीले भने, ‘तर स्वीकृति पाएपछि पूर्वाधार निर्माण र गुणस्तरीय पठनपाठनमा बेवास्ता गरेका छन् ।’ शिक्षालय सदरमुकाम खलंगादेखि झन्डै १२ किलोमिटर टाढा छ ।

प्रतिक्रिया