आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संविधानलाई सही बाटोमा ल्याउन संसद् पुन:स्थापना आवश्यक- महामन्त्री कोइराला

प्रकाशित
324
SHARES

नवलपरासी । कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुन:स्थापना हुनु पर्ने बताएका छन् । संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेको सन्दर्भमा अदालतको निर्णय कांग्रेसले स्वीकार्ने भन्दै उनले प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको बताए ।

प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको उनले बताए । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार कांग्रेस देवचुलीले गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोले संविधान रक्षा गर्न पनि कांग्रेस सडकमा आउनु परेको बताए ।

यसैबीच शनिबार पूर्वी नवलपरासीको ८ वटै पालिकामा कांग्रेसले शनिबार विरोध प्रदर्शन गरेको छ । जिल्लाको गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयीत्रिवेणीको सर्दिमापालिकास्तरीय विरोध प्रदर्शन गरिएको छ ।

यसैबीच नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाए ।

नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न ललितपुर पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए । थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’

साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाएका छन् । थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको पनि आरोप लगाए ।

प्रतिक्रिया