आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ३४ जनाको मृत्यु कहाँ हो केन्द्रविन्दु ?

प्रकाशित
532
SHARES

काठमाण्डौ । फेरि सक्तिशाली भूकम्प गएको छ । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।

यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् ।

अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैंछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने ।

अनलाईनमा पोस्ट गरिएका तस्विर र भिडियोले क्षतिग्रस्त भवन र ध्वस्त संरचनामा पुरिएकाहरुको अवस्था देखाउँछ । भूकम्पका कारण विद्युतको आपूर्ति बन्द भएको तथा पश्चिम सुलावेसीस्थित एक होटल र गर्भनरको कार्यालयमा ठूलो क्षति भएको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

यस्तै उता उत्तर कोरियाले संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरिएको दाबी गरेको छ । पनडुब्बीबाट प्र’हार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षे’प्या’स्त्र सार्वजनिक गरिएको हो । त्यहाँको सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अ’स्त्र” भनेर वर्णन गरेको बीबीसीले उल्लेख गरेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षे’प्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए। त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको “प्रधान शत्रु” भएको बताएका थिए।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ। सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ।

ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षे’प्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ। विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू देखिएको बताएका छन्।

सार्वजनिक गरिएको क्षेप्यास्त्रको कोरियाली नाम उल्लेख गर्दै उत्तर कोरियासम्बन्धी विज्ञ अङ्कित पाण्डाले “नयाँ वर्ष, नयाँ पकगकसङ्ग” भन्दै ट्वीट गरेका छन्। “विश्वकै सबैभन्दा शक्तिशाली अ’स्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षे’प्यास्त्र क्रा’न्तिकारी स’शस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ,” कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ ।

कुल संक्रमितको २६.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ४७ लाख ८ हजार ८५५ छ । यसमध्ये १ लाख ११ हजार ७३१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ९७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रतिक्रिया