आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज सुनको मूल्य प्रति ४ सय रुपैयाँले बढ्यो कति रुपैयाँमा हुँदैछ काराेबार ?

प्रकाशित
421
SHARES

नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेकाे छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।

 

प्रतिक्रिया