आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलि बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित
303
SHARES

काठमाडौ । सरकारले माघ १ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले जनबोलीलाई जानकारी दिए ।

यसैबीच केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।

सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएका छन् । पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरेका छन् ।

आयोगलाई लेखेको पत्रमा भनिएको छ,‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ ।’

नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल–नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ । दाहालसमेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा लेखिएको छ, ‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावना अनुरुप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झै दुई नम्बर अध्यक्ष हुनुहुन्छ, अर्को दाबीकर्ता माधवकुमार नेपाल वरिष्ठ नेता रहनु भएको छ । यसरी नै उहाँहरुले पेश गरेको भेलाको माइन्युटमा हस्ताक्षर गर्ने साथीहरुमध्ये धेरैले मिति २०७७ पुस ७ र ९ गते बालुवाटारमा महासचिव अध्यक्षको परामर्शमा बोलाउनु भएको बैठकमा हस्ताक्षर गर्नु भएको छ ।’

नेकपाका दुवै पक्षले पार्टीमा गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखिकरण गर्न कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरूले उपलब्ध गराएका चिठीपत्र र जानकारीकै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने बताएको थियो । आयोगले त्यसमा राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए । यता नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताएका छन् ।

आफ्नो समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विदेशीले मन्त्र सुनाएको बताए । सारमा ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

उनले अघि भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’

उनले प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता पनि नाटक भएको बताए । प्रचण्डले भनेका छन्, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’

उनले भने – ”अहिले त नाङ्ग देखिया छ नि विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्त्र सुनाए । उहाँले त्यो मन्त्र सुन्नुभयो । अस्ति भर्खरै हेर्नुभयो नि जीन्युजको अन्तरवार्ता । उहाँले बोलाएको त्यो पनि नाटकै हो । त्यो नाटके भन्ने पटाक्षेप भइसक्यो । अब एभरेष्टको नाम फेर्ने रे त्यही जी न्यूजले ।असारको हाम्रो स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ, मेरा साथीहरुले नि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । त्यतिबेला भारतले भन्दा हटाउने हो र भनेर हामीले हटाएनौं ।

अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्‍या सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपीजी ?

मैले भारतलाई केही भन्न खोजेको होइन, तर केपी जीको त देखियो नि । उहाँले कस्तोलाई विशेष दुत भन्नुभयो, बोलाउनुभयो, गुफ्त गु गर्नुभयो तीन तीन घण्टा बालुवाटारभित्र एक्लै । हाम्रै प्रधानमन्त्रीले अपारदर्शी तरिका अपनाएको त हेरेकै छन् नि त नेपाली जनताले आफ्नो आखाँले ।”

त्यस्तै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली समूहको पार्टीलाई ‘सडकछाप’को संज्ञा दिएका छन् । बुधबार प्रज्ञाभवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली समूह कम्युनिस्ट सोंच र संस्कृति नभएको ‘सडकछाप’ पार्टी भएको आरोप लगाए ।

‘डमरू बजाउँदै, टिकट बाँड्दै हुनुहुन्छ । केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ,’ नेपालले भने, ‘सुन्दैछु, २५०० केन्द्रीय सदस्य पुग्यो, कम्तीमा पनि त्यो पाँच हजार पुग्छ ।’ तर, ओलीलाई छोड्नेहरुको संख्या बढ्दै गएको उनले बताए । ‘अब त्यो पार्टी पौवा, सडक पनि होइन, धुलोमा परिणत हुँदैछ’, उनले भने ।

अहिले ओली समूहमा ११८ जना केन्द्रीय सदस्य रहेको बताए । पार्टी एकता हुँदाका ४४१ मध्ये अहिले ओलीतिर उभिएकाहरुको संख्या लगातार घटिरहेको नेपालले दाबी गरे । ‘जम्मा संख्या ११८ जना छन् । अब १०८, अनि ९८ पुग्न बेर छैन’, उनको भनाइ थियो ।

लोभलालचमा परेर ओलीतिर गएकाहरु अराजनीतिक, दास र सामन्ती चिन्तन देखिएको उनले बताए । ओलीलाई उनी भन्दा उमेरले जेठो स्थायी कमिटी सदस्यले पनि खुट्टामा ढोक्ने गरेको प्रसंग नेपालले सुनाए ।

ओली कम्युनिस्ट नै भएको वामदेव गौतमको भनाइ उदृत गर्दै नेपालले भने, ‘वामदेव गौतम अहिले के भन्नुहुन्छ ? सोध्न चाहन्छु ।’ वामदेव गौतम अहिले पनि ओली सुधार्छु भन्दै लागेको, तर सफल नहुने बताए । सरकारमा गएपछि विनम्र हुनुपर्नेमा ओलीमा अहंकार र निरङ्कुशता देखिएको नेपालले बताए ।

ओली एकदिन निरीह भएको देख्न सकिने नेपालको भनाइ थियो । ‘केपी ओलीका कदमका विरुद्धमा, संविधान माथिको घातको विरुद्धमा सबै एकातिर उभिएका छन् । उहाँ सबै हिसाबले एक्लिनुभएको छ । प्रायः तानाशाहहरु यसरी नै एक्लिन्छन् । अन्तिममा निरीह बन्छन् । केपी ओली निरीह भएको पाउनुहुन्छ’, नेपालले भने ।

अहिलेको लडाइँ संविधान जोगाउने र लोकतन्त्रलाई रक्षा गर्नु रहेको उनले बताए । पूरा सम्बोधनभर ओली विरुद्ध खनिएका नेपालले भने, ‘केपी ओलीलाई देशको संविधान र पार्टीको विधानसँग कुनै मतलब छैन । मै हुँ भन्ने अहंकार छ । आएम द स्टेट ।’

ओलीको अहंकारको नाङ्गो रुपबारे नेपालले संक्षिप्त कथा सुनाए– ‘एउटा राजा नांगै हिँडेछ । कसैले नांगो भन्न सक्दैन । सत्य भन्यो भने मारिहाल्छ । राजा बाहिर निस्केछ । मान्छेहरु खासखुस मात्रै गर्छन् । तर, एउटा साँचो कुरा बोल्ने अवोध बालकले भनेछन्, राजा नांगै छन् । त्यसपछि सबैले राजा नांगै छन् भने । केपी ओली पनि एकदिन त्यसरी नै नांगै हुनेछन् ।’

प्रतिक्रिया