आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमै गाईले जन्मायो तीन वटा बाच्छी, लक्ष्मीको संज्ञा दिँदै हेर्न आउनेको भिड

प्रकाशित
348
SHARES

कैलाली । डोटीको जोरायल गाउँपालिका–५, धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छी पाएपछि उनको घरमा बाच्छी हेर्न आउनेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताए । उनले भने, ‘गाईले ३ वटा बाच्छी पायो, अहिले पनि लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड लाग्ने गरेको छ ।’

एउटै गाईले ३ वटा बाच्छी पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानीयहरु चकित परेका छन् । गाईले ३ वटा बाच्छी पाएपछि अहिले दूध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताउनुभयो । गाईले पाएका ३ वटा बाच्छीमध्ये एउटा बाच्छी भने गाईले कुल्चेर मरेको कृषक बोगटीले बताए ।

यस्तै अर्को अनौठो समाचार
प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो ।

बिहान पनि झाडीबाट आवाज आयो । त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।

बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी कमिलाले टोकेका थिए । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए । त्यहाँ जम्मा भएकाहरुले तत्कालै बालिकालाई झाडीबाट निकालेर उनको शरीरमा भएका कमिला हटाए । ती बालिकालाई तत्काल अस्पताल लगियो । यो घटना भारतको झारखण्ड राज्य अन्तरगत राँचीमा भएको हो ।

बालिकलाई झारखण्ड राज्य बाल संरक्षण आयोगकी अध्यक्ष आरती कुजुरको सहयोगमा विनायका अस्पताल लगिएकोमा त्यहाँबाट रिफर गरेपछि रिम्स अस्पताल लगिएयो । त्यहाँबाट पनि रिफर भएपछि उनलाई रानी भिल्ड्रन बाल अस्पतालमा लगियो । बालिकाको स्थिति गम्भीर छ । बालिकालाई कसले फालेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया