आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि भयो यस्तो मुटु काप्ने घटना

प्रकाशित
577
SHARES

काठमाडौँ । कहिले, कहाँ, कोसँग के दुर्घटना हुने हो, यसको बारेमा हामी कसैलाई केहि थाहा हुँदैन। केहिलेकाही मान्छेहरुलाई यस्तो घटनाहरुको सामना गर्नुपर्ने हुन्छ, जसको कल्पना पनि गरिएको हुँदैन ।

यस्तै घटनाहरु तपाईहरु पनि दिनहुँ समाचारहरुमा हेर्ने, सुन्ने गर्नुहुन्छ होला । आज भन्दा अगाडी पनि निकै अचम्म लाग्दा र डर लाग्दा भिडियो घटनाहरु देख्नुभएको होला । आज हामी यस्तै एक डरलाग्दो भिडियो शेयर गर्न गइरहेका छौँ, जसलाई हेरेपछि तपाईको जिउ नै सिरिङ्ग हुनेछ।

जुन भिडियोलाई हजारौंले हेरीसकेका छन्, यो भाइरल भिडियोमा हेर्न सक्नुहुन्छ कि एक ४ वर्षीय बालक गल्तिले गोरिल्ला (बन मान्छे)को खोरमा खस्न पुग्छन् । जसलाई गोरिल्लाले छोप्छ । त्यो वच्चा जोड जोडले रोई रहेको सुन्न सकिन्छ तर गोरिल्लाले त्यो बालकलाई छोड्दैन । त्यसपछि के भयो तपाई आफै तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो भिडियोमा तपाई हेर्न सक्नुहुन्छ कि जब केहि मान्छेहरु माथिबाट चिच्याएर गोरिल्लालाई भगाउने कोसिस गर्छन तर हो हल्लाले उ झन् रिसाउछ र बच्चाको एक खुट्टामा समातेर यता उता दौड लगाउन सुरु गर्छ । जस कारण त्यहा माथि उभिएका मान्छेहरुमा झनै कोलाहल मच्चिन्छ ।

एक मिडिया रिपोर्ट अनुसार जब त्यो गोरिल्लाले बालकलाई छोड्दै नछोडेपछि चिडियाखाना प्रबन्धकहरुले गोरिल्लालाई मारेर बच्चाको ज्यान बचाएका थिए । यो भिडियो पुरानो हो तर यहाँ सेयर गर्नुको कारण तपाईहरुलाई सचेत गराउनु मात्र हो । जसबाट हामीहरु पनि सचेत रहेर यस्ता ठाउँमा जाँदा साबधानी अपनाउन सकौँ ।

यस्तै अर्को अनौठो खबर

इजिप्टमा हालै एक घटना भएको छ । करिब तीन हप्ता पहिले इजिप्टको एलेक्जेन्ड्रिया शहरमा भेटिएको दुई हजार वर्ष पुरानो चिहानको रगत पिउन हजारौँको माग र समर्थन भइरहेको छ ।

एलेक्जेन्ड्रिया शहरमा पुरातत्वविद्को टिमले जमिनमा उत्खनन गर्दा करिब १६ फिट गहिराइसम्म खनेपछि एउटा ढुंगाको चिहान भेटियो । २७ हजार किलो तौलको यो ताबुत खोल्ने कोसिस सुरु भयो । विनाशको चेतावनी दिँदै कयौँले गरेको आग्रहलाई बेवास्ता गर्दै ताबुत खोलियो । श्रापित भनिएको ताबुत खोलेपछि मानिसहरु चिच्याउन थाले, कारण थियो । ताबुतभित्र तीन नरकंकाल थिए ।

इजिप्टमा भेटिएका यी तीन नरकंकालसँग न कुनै गहना भेटियो न कुनै बहुमूल्य सामान । यहाँसम्म कि यिनीहरुको मास्क पनि सुन वा चाँदीका थिएनन् । यो कुनै गरिब परिवारको भएको अनुमान गरिएको तीनवटै कंकाललाई एजेक्जेन्ड्रिया नेशनल म्युजियममा पठाइएको छ । ताबुत सेनाको जिम्मा लगाइएको छ । यति भएपछि घटना शान्त हुने अपेक्षा गरिएपनि यसले विशाल रुप लिएको छ ।

एक व्यक्तिले ताबुतमा भेटिएको रगत पिउन माग गरेपछि यसले बृहत रुप लिएको हो । उनले अनलाइनमा एक याचना पत्र दायर गरेका छन्, जसलाई ३१ हजार भन्दा धेरैले समर्थन दिइसकेका छन् । उनीहरुको तर्क छ कि उनीहरु मिश्रका मानिसको यो रगत पिएर उनीहरुको जस्तै शक्ति हासिल गर्न चाहन्छन् । एजेन्सी ।

प्रतिक्रिया