आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिहे गर्न केटा नपाएपछि गाउँभरिका युवती दुलाहाको खोजीमा !

प्रकाशित
486
SHARES

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जान अविवाहित महिलाहरु रहेका छन् । ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन् ।

६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहर विवाहको लागि पुरुष नपाए पछि उनीहरु तनावमा रहेका छन् ।

रुसका महिलाहरुको पनि हालत उस्तै छ । केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ ।

जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् । यो अवस्थालाई हेर्ने हो भने दशौँ जार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ । चीनमा अबको केही वर्षपछि २५ प्रतिशत महिला अविवाहित बस्नु पर्ने बाध्यता रहेको पाइएको छ ।

यस्तै उता एक जोडी भने विश्वभर चर्चित बनेका छन् । भनिन्छ माया र प्रेममा केही कुरा हेरिन्न । त्यसैले भनीएको होला प्रेम अन्धो हो । त्यही अन्धो भनिउको प्रेमको सागरमा हामफाल्ने चर्चित जोडी हो पाउला ग्रेबियल दा सिल्वा बरोस र उनकी प्रेमिका कतुसिया होशिनीको जोडी ।

यी होचो दम्पत्तिको जोडी ब्राजिलको हो । विश्वभर चर्चामा रहेको यो जोडीमध्ये पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् ।

अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएपछि उनीहरुको बोलचाल केही समय भएन र अन्तत उनीहरु फेरी एकअर्काको प्रेममा परे र अन्तत विहे गरे ।

३ फिटभन्दा होचो जोडीले कीर्तिमान राख्दै विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएरै छाडे । उनीहरु अहिले दुवैजना आफ्नो काममा ब्यस्त छन् ।

प्रतिक्रिया