आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदूरपश्चिममा फेरि शाक्तिशाली भूकम्पको धक्का

प्रकाशित
293
SHARES

काठमाडौँ । एकाविहानै नेपालमा फेरि शाक्तिशाली भूकम्प धक्का महशुश गरिएको छ । सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ९ः४८ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको सुनसेरा आसपास रहेको जनाइएको छ । भूकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि हिजो बिहान बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

त्यस्तै पुष २७ गते मात्र काठमाडाैं उपत्यकामा भूकम्पको धक्का महसुश गरिएको थियो। काठमाडाैंको कुलेश्वर केन्द्रबिन्दु भएर सोमबार भूकम्पको धक्का महसुश गरिएको हो ।

दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो । मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले धक्का महसुस गरेका थिए।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसैबीच दुई दिनदेखि काठमाडाैं उपत्यकामा दिउँसो गर्मी अनुभव हुन थालेको छ ।

पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसो अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

हिजोको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बढेर २४ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ । अबको केही दिनसम्म काठमाण्डौको तापक्रम यही हाराहारीमा रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

अघिल्लो हप्ता देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढ्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । बदली भए पनि त्यतिबेला धेरै चिसो महशुस भएको थिएन । शुक्रबारदेखि मौसम सफा हुन थालेपछि दिउँसोको समयमा अधिकतम तापक्रम बढेको हो ।

अब बिस्तारै चिसो घट्दै जाने हुँदा तापक्रम बढ्नु सामान्य भएको मौसमविद् प्रधानाङ्गले बताए । यस वर्षको हिउँदमा हिउँ र पानी कम पर्नु तथा अहिले वायुको बहाव अरेबियन सागर हुँदै आएकाले न्यानो महशुस भएको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

यसैबीच आज राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

यस्तै भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् ।

भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि तय भएका १९ वटा उडान रद्द भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरलाइन्सका १० वटा, यती एयरलाइन्सका ६ वटा र सौर्यका ३ वटा उडान आज रद्द भएका छन् । बुद्ध एयरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका उडान स्थगित गरेको छ । यस्तै सौर्य एयरले भद्रपुरको उडान स्थगित गरेको छ ।

भिजिविलिटी नहुँदा अरू २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको उनले बताए । ‘तराइमा भिजिविलिटी छैन यसैकारण आज तय भएका आन्तरिक उडानतर्फका ८८ वटा उडानमा धेरैजसो प्रभावित भएको छ,’ क्षेत्रीले भने ।

हुस्सु खेलेर भिजिविलिटी पर्याप्त भएमा साँझसम्म उडान हुन सक्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

प्रतिक्रिया