आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुष्पकमल दाहाल प्रचण्डको प्रश्न हामी साच्चै कम्युनिस्ट छौं ?

प्रकाशित
806
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदर्शबाट च्यूत भइरहेका त छैनौं भनेर पार्टीले समीक्षा गर्ने बेला आएको बताएका छन् ।

नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले विचार, राजनीतिसँगै संगठनात्मक र जीवनको आचरण के हुने भन्ने प्रष्ट गर्ने चुनौती रहेको बताए ।

पार्टी एकता गरेपछि वा शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेपछि आदर्श र विचारबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रिया सुरु भएको भन्दै उनले भने ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले

उनले अघि भने भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं । के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त ? या हामी विस्तारै कांग्रेस या हिजोका निरंकुशतावादीहरुको जस्तै पद प्रतिष्ठाका निम्ति

कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको उनले बताए । प्रचण्डले अघि भने ‘तर यसो व्यवहार, आचरण हेर्दा उस्तै-उस्तै देखियो नि ।’

पूूर्वी युरोप र सोभियत संघमा पनि कम्युनिस्ट सत्तामा पुगेपछि मान्छेको धेरै आक्रोश देखिएको उनले स्मरण गरे । नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हामी कहाँ समाजवादी क्रान्ति स्थापना गर्न आवश्यक पर्ने विचारको स्पष्टता आयो त त्यो विचारअनुसार व्यवहार, आचरण र जीवनचर्यातिर अगाडि बढेका छौं कि हामी अर्को वर्ग जस्तो हुँदै गयौं  यो आजको मुख्य प्रश्न हो ।

समाजवादी क्रान्ति गर्ने मिसन पूरा गर्न एकतावद्ध भएर विशाल फौज तयार पार्नुपर्ने भन्दै उनले त्यसो गर्न नसकिए नभए पूर्वी युरोपका पार्टीहरु भन्दा धेरै फरक नहुने उनले बताए । पार्टी अध्यक्ष प्रचण्डले अघि भने, ‘भन्न त मीठामीठा कुरा भन्न सकिने रहेछ । हामीले देख्यौं नि हिँजोका राजा महाराजाहरुले विकासको मूल फुटाउने कुरा त गरेकै हुन् । अर्को फुट्यो । त्यसैले के भन्ने ठूलो रहेनछ । हामीले के गर्छौं भन्नेका जति अर्थ र महत्व छ ।

प्रतिक्रिया