आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछु- प्रधानमन्त्री ओली

प्रकाशित
538
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी गरिरहेको बताएका छन् ।राष्ट्रियसभामा सम्बोधनका क्रममा उनले नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी तीव्र बनाएको बताएका हुन ।

‘हामी कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा छौँ। छिटै भ्याक्सिन ल्याउँछौं ।’ राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । उनले जनताको जीवन सुरक्षा गर्ने यो सरकारको पहिलो कर्तव्य भएको पनि बताए । आफू नेतृत्वको सरकारले जनमुखी काम गरेको प्रधानमन्त्रीको ओलीले दाबी गरे ।

त्यस्तै  काठमाडाैँ पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ५९ मा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार ५ सय १३ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्

वनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् ।

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् ।

यसका लागि राष्ट्र बैंकले कार्यक्रम ल्याउँने उनले प्रष्ट्याएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ ।

 

 

 

प्रतिक्रिया