आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्याटु मोडलसँग डेटिङ जान चाहनेकोे ओइरो

प्रकाशित
612
SHARES

काठमाडाैँ । आफ्नो शरीरमा थरीथरीकी ट्याटु खोपाएकी बेलायतीमोडल जिल हार्डेनरलाई अहिले डेटिङ प्रस्तावको ओइरो छ । २४ लाख फलोअर्स रहेको आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत यसअघि उनले डेटिङ प्रस्तावका लागि आफु खुला रहेको जनाएकी थिइन् ।
कामूक फोटो पोस्ट गर्दै उनले सोधेकी थिइन्, ‘मसँग डेटमा जान को चाहन्छ ?’

यो पोस्टले धेरैको ध्यान खिचेको छ । १ लाख ९५ हजारभन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा दर्शाएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि जानचाहन्छु.. ।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको मज्जा लिनेछु ।’ एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाईसँसँग डेटका लागि सम्पर्कमा रहिरहनेछु ।’

इन्स्टाग्राममा उनी निरन्तर छाइरहेकी छिन् । चर्चा बटुल्नका लागि उनी हट फोटोहरु पोस्ट गर्छिन् ।

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।

ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको छ ।

सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा छ । तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।

प्रतिक्रिया