आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उडेको ४ मिनेटमै एकाएक सम्पर्कबिहीन भयाे जहाज, कति यात्रु थिए सवार ?

प्रकाशित
699
SHARES

काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ । विमानमा ५० भन्दा बढी सवार थिए । अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो ।

फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजजार फिट तल आएको थियो ।  सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको परिवहन मन्त्रालयले जनाएको छ ।

जापान बन्यो विश्वकै सबैभन्दा शक्तिशाली देश

शक्तिशाली शब्द सुन्ने बित्तिकै धारणा युद्ध कै आउँछ। रणक्षेत्रमा जो अपराजित रहन सक्छ, त्यही हुन्छ सबैभन्दा शक्तिशाली। यो परम्परागत अवधारणा हो। तर २१ औं शताब्दीको चेतनशील मानिस परम्परागत अवधारणाबाट मुक्त हुँदै गई रहेको स्वीकार गर्नमा शायदै कसैलाई आपत्ति होला !

यसको उदाहारणका रूपमा उपरोक्त शीर्षकलाई नै लिन सकिन्छ । शीर्षक पढ़ने बित्तिकै अधिकांश पाठकका मनमा युद्ध क्षेत्र एवं सामरिक शक्तिको ख्याल आउनुको सट्टा आर्थिक विषयक विचार आयो होला। मानवीय जीवनका कुनै अन्य क्षेत्रमा जापान सर्वाधिक शक्तिशाली बनेको विचार आयो होला।

तपाईंहरुको सोच एकदमै दुरुस्त छ जापान सामरिक हिसाब र दृष्टिकोणले होइन, एउटा अन्य कारणले संसारको सबैभन्दा शक्तिशाली देश बनेको हो।

जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ। बलियो पासपोर्टको अर्थ के हो भने जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन्। यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन्।

पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ। ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इण्डेक्स ग्लोबल र्‍याङ्किङ’मा जापान १ नम्बरमा पुग्न सफल भएको छ।

कुनै पनि देशको पासपोर्ट भैल्यू जान्ने उपाय यो नै हो त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ। अर्थात ‘भीसा अन एराइभल’ को सुविधा हुन्छ। यस सम्बन्धी तथ्याङ्क इन्टरनेश्नल एयर ट्रान्सपोर्ट असोसिएसन (IATA) ले उपलब्ध गराउँछ।

‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका पासपोर्ट धारकले विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन्। विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इण्डेक्स’मा ७ औं स्थान प्राप्त भएको छ। चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ।

‘हेनली एण्ड पार्टनर्स’ को ‘ग्लोबल पासपोर्ट र्‍याङ्किङ’ मा शीर्ष तीन स्थानमा एशियाली देश रहेका छन्। जापान एक नम्बरमा छ भने सिंगापुरले दोस्रो स्थान पाएको छ। सिंगापुरको पासपोर्ट धारकले १९० देशमा ‘भीसा अन एराइभल’ को सुविधा पाउँछन्। सूचीमा तेस्रो स्थान दक्षिण कोरिया र जर्मनीले संयुक्त रूपमा ओगटेका छन्। यी दुबै पासपोर्टलाई १८९ देश घुम्न अग्रिम भीसा चाहिँदैन।

नेपालको दक्षिण छिमेकी भारत भने ‘ग्लोबल इण्डेक्स’ मा ८५ औं नम्बरमा रहेको छ। संसारका ५८ देशले भारतीयहरुलाई ‘भीसा अन एराइभल’ को सुविधा दिन्छन। यसैगरी उत्तरी छिमेकी चीनको पासपोर्ट ७० ‌औं स्थानमा रहेको छ। चिनियाहरुलाई विश्वका ७५ देश घुम्न अग्रिम भीसा आवश्यक पर्दैन।

अमेरिका भने यस सूचीमा ७ औं नम्बरमा रहेको छ। अमेरिकाका अतिरिक्त बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विट्जरल्याण्ड, इङ्गल्याण्ड पनि ७ औं स्थानमा रहेका छन्। यी पासपोर्ट बोक्नेले विश्वका १८५ देशमा अग्रिम भीसा बिना प्रवेश गर्न सक्छन्।

यस सूचीमा अफगानिस्तान भने सबैभन्दा पुछारमा ११० औं नम्बरमा रहेको छ। यहाँको पासपोर्टलाई जम्मा १६ देशमा ‘भीसा अन एरभाईल’ को सुविधा प्राप्त छ। अर्को सार्क देश पाकिस्तान सूचीमा तलबाट चौथो स्थानमा रहेको छ। १०७ औं नम्बरमा रहेको पाकिस्तानको पासपोर्ट लाई ३२ देशले अग्रिम भीसा नलिई प्रवेश गर्न दिन्छन्।

नेपाल भने यस सूचीमा पाकिस्तानभन्दा केही माथि १०४ नम्बरमा पर्छ। नेपालीले ३८ देशमा भीसा नलिई जान सक्छन्। बांग्लादेश १०१ औं नम्बरमा रहेको छ। यहाँका पासपोर्टलाई ४१ देशमा अग्रिम भीसा चाहिँदैन। श्रीलंका १०० नम्बरमा छ यहाँको पासपोर्टलाई ४२ देशले अग्रिम भीसाको बाध्यतामा राखेका छैनन्। भुटानले ९० औं स्थान पाएको छ, यहाँका पासपोर्ट धारकले ५३ देशमा भीसा नलिई जान सक्छन्।

सूचीमा शीर्ष १० स्थान –

१- जापान – १९१ देश, २- सिंगापुर- १९० देश, ३- जर्मनी, दक्षिण कोरिया – १८९ देश, ४- फिनल्याण्ड, इटली, लग्जमबर्ग, स्पेन -१८८ देश, ५- ऑस्ट्रिया, डेनमार्क – १८७ देश, ६- फ्रान्स, आयरल्याण्ड, नीदरल्याण्ड, पुर्तगाल, स्वीडेन – १८६, ७- बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विटजरल्याण्ड, यूनाइटेड किंगडम, यूनाइटेड स्टेट -१८५ देश, ८- ऑस्ट्रेलिया, चेक रिपब्लिक, ग्रीस, माल्टा -१८४ देश, ९- क्यानडा -१८३ देश, १०-हङ्गेरी – १८२ देश

प्रतिक्रिया