आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तातोपानीले नुहाउने बानी छ, ख्याल गर्नुहोस कपाल झर्ने र छालामा समस्या आउन सक्छ

प्रकाशित
684
SHARES

काठमाडौँ । चिसो मौसम सुरु भएको छ । खासगरी कात्तिक देखि फागुनसम्मको समयमा अलि बढी चिसो महसुस बढी हुन्छ । अझ मंसिर, पुस र माघ महिनामा छ नुहाउन नै गाह्रो हुन्छ ।

चिसो मौसममा कसरी नुहाउने चिन्ताको विषय हुन्छ । त्यसमाथि जाडोयाममा लगाइने कपडाहरुले धेरै पसिना निकालेको हुन्छ । त्यसकारण पनि सकेसम्म नुहाउनै पर्ने अवस्था आउँछ । दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ ।

त्यस्तै नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ । तपाईहामी मध्ये धेरैले चिसोमा तातोपानीको प्रयोग गर्ने गरेका छौँ । तर तातोपानीले कपाल नुहाउनु हुन्छ भने आजैबाट बानी त्याग्नुहोस । नत्र भने कपाल झर्ने टुक्रिने हुन्छ ।

अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन ।
नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ ।

चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ । नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ ।

प्रतिक्रिया