आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घरबाट बाहिर ननिस्कौं : स्वास्थ्य मन्त्रालय

प्रकाशित
519
SHARES

काठमाडौँ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्याधिक बायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन सबैमा सार्वजनिक अपिल गरेको छ।

त्यस्तै मंगलबार एक विज्ञप्ति मार्फत मन्त्रालयले अत्यावश्यक बाहेक सवारी साधन पनि नचलाउन तथा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं, मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वायु प्रदूषणको मात्रा उच्च भएको पाइएपछि मन्त्रालयले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। यसअघि वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान घरबाहिर ननिस्कन आग्रह गरेको थियो।

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ। एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायू प्रदूर्षण सूचकांक न्यूनतम् ३ सय ५९ छ भने अधिकतम् ४ सय ८ छ। एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो।

अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसो कुहिरो हटेर घाम लागेकाे मौसमविद् मञ्जु बासीले जानकारी दिइन ।

उनकाअनुसार रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताइन । यसैबीच काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाण्डौको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद् बासीले बताइन ।

 

प्रतिक्रिया