आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जान्हवी कपुरले किनिन् ३९ करोडमा नयाँ घर

प्रकाशित
439
SHARES

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्टदेखि रणवीर कपुरले नयाँ घर किने । अब, महंगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपुरको नाम पनि थपिएको छ । नायिका जान्हवी कपुरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्या विल्डिङमा रहेको ३ वटा फ्ल्याट जान्हवीले खरिद गरेकी हुन् । जान्हवीले डिसेम्बर ७ मा घर खरिदको संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जान्हवीले हालसम्म २ वटा बलिउड चलचित्रमा मात्र काम गरेकी छिन् ।

उनले अभिनय गरेको ‘धडक र गुञ्जन सक्सेना’ले उनलाई राम्रै चर्चा दिएका थिए । उनको ‘दोस्ताना २, रोही अफ्जना, तख्त, हेलेन’ लगायत छन् । बलिउडमा पछिल्लो समय परिवारसँग बस्दै आएका कलाकारहरुले एक्लो जीवन जिउने उद्देश्यले नयाँ घर किनिरहेका छन् ।

प्रतिक्रिया