आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पैसा तिर्न अटेरि गरेपछि एनसेलमाथि प्राधिकरणको कडा एक्सन, बल्ल गर्यो यस्तो कारवाही

प्रकाशित
334
SHARES

काठमाडौं । नेपालबाट अरबौ रुपैया विदेश लगिरहेको एनसेलमाथि नेपाल बिद्धुत प्राधिकरणले कडा एक्सन लिन सुरु गरेको छ। महँगो मूल्य पर्ने डेडिकेटेड लाइनमार्फत् विद्युत्को आपूर्ति गरिरहेको एनसेलले बक्यौता रकम करोडौ पुग्दा पनि पैसा तिर्न अटेर गरेपछि प्राधिकरणले लाइन काटिदिएको छ ।

आइतबार प्राधिकरणको पोखरा शाखाले एनसेलको पोखरास्थित कार्यालयमा विद्युतको आपूर्ति प्रणाली बन्द गरिदिएसँगै सो क्षेत्रका एनसेल मोबाइल बन्द भएका छन् ।एनसेल पोखरा शाखाले चौबीसै घण्टा निरन्तर विद्युत् आपूर्ति हुनेगरी डेडिकेटड फिडरमार्फत् प्राधिकरणसँग विद्युत् आपूर्ति गर्दै आएको थियो ।

त्यसबापत समयमै बिल भुक्तानी नगरी २०६९ भदौ २० गते देखिकै छुट रहेको बिल १३ करोड ८० लाख तिर्न ताकेता गर्दा बिल नतिरेपछि लाइन काटिएको हो। प्राधिकरणले ३५ दिने सूचना जारी नै गरेरै बिल भुक्तानी गर्न अनुरोध गर्दा समेत एनसेलले अटेर गर्दा प्राधिकरणले एनसेललाई उपलब्ध गराउँदै आएको लाइन काटेको  जनाएको छ ।

विद्युत् प्राधिकरण गण्डकी प्रदेश प्रमुख टेकनाथ तिवारी भने आफूले लगाएको शुल्क उचित भएको र पटकपटक सम्झाउँदा पनि महशुल नतिरेपछि लाइन काटिएको बताउँछन् ।

प्रतिक्रिया