आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतमा कोरोना संक्रमितको संख्या एक करोड चार लाख नाघ्याे, ८ हजार बढीकाे मृत्यु

प्रकाशित
1.1K
SHARES

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख १३ हजार ४१७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २३४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ५७० जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा एक करोड १६ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २५ हजार ४४९ सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ४८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १९ जनाको मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६४४ भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ९३ लाख ३६ को हाराहारीमा नमूना परीक्षण गरेको छ ।  हिजो बिहीबार एक दिनमा नौ लाख ३५ हजार ३६९ जनाको कोभिड–१९ परीक्षण गरेको छ

कोरोनाभाइरस संक्रमणबाट हालसम्म । १० हजार ६४४ भन्दा बढीको मृत्यु भइसकेको छ भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ । भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् ।

यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया