आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्र बैंकको यस्ताे कडा निर्देशनपछि भोलि शनिबार पनि बैंकहरू खुला रहने, कारणसहित

प्रकाशित
1.1K
SHARES

काठमाडाैं । नेपाल राख्न राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

यसैबीच आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

तर शुल्का लागि नयाँ शर्त राष्ट्र बैंकले तोकेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले महिनाको २ पटक सम्म एक बैंकको एटिएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा पनि शुल्क लिन पाउने छैनन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बैंक संचालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया