आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल आउने तयारीमा रहेका यी युवाले आमाको नाममा यस्तो भावुक स्टाटस लेख्दैँ ४ तलामाथिबाट किन हामफाले ?

प्रकाशित
1.3K
SHARES

काठमाडाैं । पोर्चुगलबाट शुक्रबार (जनवरी ८)मा नेपाल आउने तयारी गरेका एक नेपाली युवाले बिहिबार आ’त्म ह’त्या गरेका छन्। २ वर्ष पहिले पोर्चुगल आएका बझाङ्ग स्थायी घर भएका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समय अनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हामफालेर संसार छाडेका हुन्।

उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै हामफालेका थिए। उनले राखेको फोटोसहितको स्टाटसमा ‘मिल्ने भए दुख हटाइ खुसी किन्थेँ आमा, आफ्ना को हुन्, पराई को हुन् सवै चिन्थेँ आमा, तिम्रो दुधको भारा कसरी तिर्नु म, लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’ भनेर लेखेका छन् ।

उनले के कति कारणले यस्तो कदम उठाए भन्ने केहि खुलेको छैन । यसैबीच यता हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ ।

बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।

ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।

उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।

एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको पनि मृत्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिए ।

गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।

उता सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए । उता इलामको माङ्सेबुङ् गाउँपालिका भोटेडाँडामा ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।

रविबाट दमकका लागि छुटेको ना ३ ख २०३ नम्बरको ट्रक साँझ ६ बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् ।

प्रतिक्रिया