आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई धुलो चटाउने भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले बनाए यस्तो ‘ग्राण्ड डिजाइन’, होलान त सफल ?

प्रकाशित
1K
SHARES

काठमाडाैं । संसद विघटनअघि एकै पार्टीमा रहेपनि हाल अलग भएका नेकपाका माधव–प्रचण्ड समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्को समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रामबहादुर थापा बादलसँग मिलेर बैशाखमा तोकिएको चुनावमा प्रचण्डलाई हराउने रणनीतिमा लागेका छन् ।

उनीहरुले प्रचण्डलाई आगामी चुनावमा धुलो चटाउने भन्दै प्रत्येक कदमहरु सावधानीका साथ अघि बढाएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको ३० एसपीको सरुवामा ८ ठूला जिल्ला पर्सा, बारा, धनुषा, झापा, सिन्धुली, काभ्रे, मकवानपुर र कञ्चनपुरका का इन्चार्ज हेरफेर गरिएका छन् ।

त्यस्तै पर्सामा वेलबहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, बारामा दीपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, मकवानपुरमा आभूषण तिमल्सिना, काभ्रेमा भूपेन्द्र खत्री, कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो गृहजिल्लामा एसपी सानुराम भट्टराईलाई पठाएका छन । ओली प्रधानमन्त्री भएलगत्तै भट्टराई उनको पिएसओ बनेका थिए । यी सबै जिल्लाका एसपीको कार्यकाल करिब एक वर्ष हुन लागेकाले सरुवा गर्ने तयारी भएको हो ।

उनीहरुसँगै चितवन गएका नान्तीराज गुरुङलाई भने हटाइएको छैन । कसलाई चितवन पठाउने भन्ने कुरा नमिल्दा उनको सरुवा नभएको स्रोतले जनाएको छ । गृहमन्त्री बादलको गृहजिल्ला रहेको चितवन प्रचण्डको पनि गृहजिल्ला हो ।

ओली समूहका लागि हाल कांग्रेसभन्दा पनि शत्रुका रुपमा देखिएका प्रचण्डको पनि गृहजिल्ला रहेको सोही महत्वपूर्ण क्षेत्रमा भने एसपीको सरुवा भएन । स्रोतका अनुसार कसलाई पठाउने भन्ने विवादमा हाल हेरफेर नगरिएको हो ।

प्रधानमन्त्री ओली र बादले आफ्ना ‘यसम्यान’ एसपीलाई चितवन पठाएर प्रचण्डलाई सपथ सिकाउने ग्राण्ड डिजाइन तयार गरेका छन् । चुनाव भएमा प्रचण्डलाई हराउन भूमिका खेल्ने एसपीको खोजी भइरहेको स्रोत बताउँछ ।

सुवास नेम्वाङ भन्छन्– संसद् विघटनबारे सर्वोच्चको फैसला आएको भोलिपल्ट बोल्छु

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मौन बसेको भन्दै आलोचना भइरहेको छ । अहिले उनको दुई वर्ष पुरानो अभिव्यक्ति भाइरल समेत बनेको छ ।

धुलिखेलमा त्यस बेला नेम्वाङले पत्रकारहरुसँग प्रधानमन्त्रीले चाहँदैमा यो संसद् विघटन नहुने अभिव्यक्ति दिएका थिए । अहिले पनि संसद् विघटनबारे बोल्न नेम्वाङलाई दबाव बढेको छ । यसको कारण भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जोडिएका नेता हुनु हो ।

नेम्वाङले संसद् विघटनबारे नबोल्नुको पनि संवैधानिक कारण रहेको बताए । ‘मैले दुई वर्ष अगाडि पत्रकारहरुलाई भनेको जुन विषय छ, त्यसबारे अहिले नबोल्नुमा मेरो सैद्धान्तिक मान्यता कारण हो’, उनले भने ।

पूर्वसभामुख नेम्वाङले यो विषयमा बोल्ने समय आउने बताए । ‘संसद् विघटनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले मैले टिप्पणी गर्न मिल्दैन । बोल्न सुहाउँदैन । म नबोल्नुको कारण यो हो । मेरो सैद्धान्तिक मान्यता पनि हो,’ उनले भने, ‘सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट यस विषयमा जे–जे सोध्नु हुन्छ । जम्मै कुरा बोल्छु ।’

तर, त्यस अगाडि संसद् विघटन संवैधानिक थियो वा थिएन भन्नेबारे नबोल्ने बताए । ‘मलाई विश्वास छ, यो विषय सर्वोच्च अदालतले टुंगो लगाउँछ । त्यसैले त्यो विषयमा म बोल्दिनँ, अहिले । संविधानले नै मलाई त्यो निर्देशन गरेको छ,’ नेम्वाङले भने । संविधानसभाबाट संविधान बनाइरहँदा नेम्वाङ दुई पटक नै सभाध्यक्ष र सभामुखको दोहोरो भूमिकामा थिए ।

संविधान जारी भएपछि भने संविधानको रक्षा गर्न आफू वकालत पेशामा फर्कने समेत बताउने गर्थे । संसद् विघटन हुनु अगाडि समेत उनी संसद् विघटन गर्ने संविधानले नै नदिने बताउँदै आएका थिए । तर, पुस ५ मा प्रधानमन्त्री ओलीले दुई वर्षे कार्यकाल बाँकी रहँदै संसद् विघटन गर्दै वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।

यता राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ । गौतमले राजीनामा दिएर भएपनि पार्टी एकता जोगाउनुपर्नेमा संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पनि पार्टीमा धेरै विवाद उत्पन्न गराएको उनले बताए । तर अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीका नेतालाई पराजित गर्ने काम होला भनेर आफूले कहिल्यै नसोचेको गौतमले बताए ।

‘गएको ८/९ महिनादेखि मैले आलोचना गर्ने समूहमा बसेर पनि पार्टी एकता जोगाउन अविश्वासको प्रस्तावलाई असफल गराएको थिएँ,’ उनले अघि भने, ‘पार्टीमा आरोप प्रत्यारोपसहितका पत्रअरु राख्दा पनि मैले यो सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेको थिएँ । तर यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन । ५ गते प्रस्ताव जान्छ भन्ने मलाई थाहा थिएन ।’

प्रधानमन्त्री ओलीले ‘अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्न खोजिए दुर्भाग्यपूर्ण हुनेछ’ भन्ने गरेको भए पनि संसद भंग गर्दा आफूलाई नसोधेको उनको गुनासो छ । ‘मैले उहाँलाई सल्लाह दिएको थिएँ, पार्टीमा जब नेताहरु अल्पमतमा पर्छन्, प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ,’ उनले भने, ‘पार्टी जोगाउनका निम्तिमा अन्तिम पटक पनि उहाँसँग अवसर थियो ।

अविश्वानसको प्रस्ताव लगिरहेका छन् भन्ने थाहा पाएपछि मैले सोचेँ, म त्यो ठाउँमा भएको भए अविश्वानसको प्रस्ताव दर्ता गर्नुभन्दा पहिले नै राजीनामा दिन्थेँ । त्यसले मैले मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्र्यो र, एउटा उदाहरण प्रस्तुत हुन्थ्यो ।’

त्यहीकारण आफूले संसद विघटनलाई सर्मथन नगरेको र असंवैधानिक कदम भनेको उनले बताए । यो मुद्दा संवैधानिक इजलासमा विचाराधीन भएकाले असंवैधानिक भन्नु सर्वोच्च अदालतको राजनीतिक रुपमा अपमान हुने भएकाले मौन बसेको बतााए ।

मदन भण्डारीपछि जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता आफू भएको दाबी गर्दै गौतमले पार्टी राजनीतिक रुपमा विभाजित भएपनि कानूनी रुपमा के हुन्छ भन्न नसकिने बताए । नेकपाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै उनले अदालतले ऋषि कट्टेलको पक्षमा फैसला भए एउटा पक्ष नेकपा एमाले र माओवादी केन्द्र बन्नसक्ने अनुमान गरे ।

यद्यपि आफू फेरि पनि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको भन्दै गौतमले भने, ‘एक्लै एकताको माहौल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गर्ने पक्षमा छु ।’ तर दुवै समूहका मुख्य नेताहरु नै समाजवादी सभ्यता निर्माण गर्छौ भन्नेहरुलाई नै लाज लाग्ने गरी प्रस्तुत गएको गौतमले बताए ।

 

प्रतिक्रिया