आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालि बजारमा फेरि घट्यो सुनको मूल्य, ९६ हजार ७०० हँदैछ कारोबार

प्रकाशित
512
SHARES

काठमाडाै । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने तोलामा १ सय रुपैयाँ नै घटेको हो। शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसमा सोमबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ८ सय रुपैयाँ नै घटेको थियो । यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँ बढेको थियो ।

यस्तै नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् ।

सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत प्राधिकरण हो ।

प्रतिक्रिया