आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरीकाेरना बढ्दै गयपछि सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित
754
SHARES

काठमाडाैँ । । सुर्खेतमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–८, सुर्खेत निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बुधबार दिउँसो १२ः१० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार खोकी लाग्ने, पिसाब कम आउने र श्वास फेर्न समस्या भएपछि उनलाई पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनीमा पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २८ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ । ७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो। साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा मात्र फैलिएको डब्ल्युएचओले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा १४४ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १८९९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५ हजार १३३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६०८ जनाको होम आइसोलेसनमा छन् भने १९७ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया