आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एक करोड ४७ लाख रुपैँयासहित पक्राउ परेका व्यक्तिबारे अनुसन्धानबाट पत्ता लाग्यो यस्तो रहस्य, प्रहरी समेत चकित

प्रकाशित
1.3K
SHARES

काठमाडाैं । नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।

‘उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ’, प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

विदेश जान नक्कली पीसीआर रिपोर्ट : कीर्ते गर्नेलाई खोज्दै प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका ७ जनाले कहाँबाट कीर्ते कागजपत्र तयार पारे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिएका ७ जनामाथि महानगरीय प्रहरी वृत्त, गौशालाले अनुसन्धान जारी राखेको हो ।

गौशाला प्रहरीका डीएसपी जितेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिले ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट बोकेका थिए ।

‘हालसम्मको अनुसन्धानले नक्कली रिपोर्ट बनाउने कार्यमा अस्पताल वा प्रयोगशालाको संलग्नता देखाएको छैन,’ बस्नेतले भने, ‘कुनै साइबर वा अन्य ठाउँमा फोटोसपबाट एडिट गरेर नाम फेरेको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार विभिन्न देश जान लागेका व्यक्तिको शंकास्पद रिपोर्ट देखिएपछि छानबिन थालिएको थियो । ‘रिपोर्टमा भएको सिरियल नम्बर अनुसार अस्पताल र प्रयोगशालामा सोध्दा त्यो अर्कै व्यक्तिको नामको रिपोर्ट भएको पाइयो’, बाँस्तोलाले भने ।

रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गौशाला प्रहरीले गरिरहेको छ ।

यस्तै उता गाडीमा नक्कली नम्बर प्लेट राखेर चलाउने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–६ घर भई हाल चन्द्रपुर नगरपालिका–४ बस्ने अमन तिवारी रहेका छन् ।

रौतहटको चन्द्रनिगाहपुरको मुख्य चोकबाट पुस १२ गते बा १७ च ९३६५ नम्बरको दुई वटा स्कारपियो गाडी एकै स्थानमा भेटिएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार दुई वटा गाडी मध्ये एउटा गाडीको सवारी धनीले सम्पूर्ण आवश्यक कागजात प्रमाण देखाएका थिए । तर अर्को गाडीको धनी भने सम्पर्कमा आएको थिएन ।

अनुसन्धानका क्रममा नक्कली नम्बर प्लेट राखेर सवारी चलाउने व्यक्ति तिवारी रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिवारी चन्द्रपुरमा होण्डा कम्पनीको मोटरसाइकलका डिलर सञ्चालक हुन् ।

नियन्त्रणमा लिएको गाडी नक्कली रहेको प्रमाण आफूहरुले जुटाएको र अनुसन्धानका क्रममा सवारी धनी समेत पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । घटनाका सम्बन्धमा कानुन बमोजिमको कारबाही अगाडि बढाएको उनले बताए ।

त्यस्तै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरपालिका-७ धापासीबाट दुई थान चरीबाघको छालासहित आइतबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सुनुवारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए । उता कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।

संघीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ गरेको हो । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया