आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हुम्लामा भारी हिमपात, विमानस्थलमै थन्किए जहाज

प्रकाशित
337
SHARES

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । ठाउँठाउँमा वर्षा भएको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । हुम्लामा भारी हिमपात भएपछि उडान अवरुद्ध भएको छ । उडान रोकिएपछि यात्रुहरू मर्कामा परेका छन् । सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिएका छन् ।

तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताए । पश्चिमी वायुको प्रभावले तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ ।

बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताएका छन् । ‘ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ’, मौसमविद् श्रेष्ठले भने ।

दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया