आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुरानो भन्दा कयाैं गुणा बढी ख’तरना’क नयाँ कोरोना विश्वभर फैलिदै, यस्ता छन यसका लक्षणहरू

प्रकाशित
0.9K
SHARES

एजेन्सी । युरोपका थुप्रै देशले कोरोनाभाइरसको अत्यधिक संक्रामक नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् । भाइरसको याे प्रकारकाे पहिचान सबैभन्दा पहिले बेलायतमा भएको थियो । उक्त नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली अन्य देशहरुमा पनि देखिन थालेको हाे ।

युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उहाँले जानकारी दिनुभएको छ ।नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उहाँले देशहरुको नाम भने उल्लेख गर्नुभएको छैन ।

उहाँले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गर्नुभयो । “डब्लुएचओले सवै अवस्थालाई गम्भीरतापूर्वक नियालीरहेको छ,” निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ ।नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ । विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ ।

सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ । ६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । अहलेसम्म १ लाख ४९ हजार ६८६ संक्रमितको मृत्यु भएको छ ।

भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई खोप लगाउने बताएका हुन् ।

‘पहिलो चरणमा कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी र अग्रमोर्चामा खटिएकालाई निःशुल्क दिइनेछ । बाँकीलाई कसरी खोप लगाउने भन्ने टुंगो लाग्न बाँकी छ,’ डा. बर्धनले भनेका छन् । मन्त्री बर्धनले खोप प्रयोगका लागि अनुमति दिन तोकिएको मापदण्ड पूरा गरिने भएकाले सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

भारत सरकारले यसअघि नै आगामी जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । खोप अभियानका लागि करिब १ लाख जनालाई तयारी अवस्थामा राखिएको जनाइएको छ । उत्पादनस्थलदेखि पहिलो चरणमा खोप लगाइने केन्द्रसम्म खोपलाई चाँडोभन्दा चाँडो पुर्‍याउन कार्गो जहाजदेखि भ्यानसम्म तयारी अवस्थामा राखिएको छ । त्यसका लागि वितरणदेखि खोप लगाउनेसम्मको पूर्वतयारी पूरा भइसकेको जनाइएको छ ।

उक्त तयारीको परीक्षण गर्न शनिबार देशभरि नै खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो । जसबाट खोप अभियानका लागि भएको पूर्वतयारीको अवस्था थाहा हुने बताइएको छ । स्वास्थ्यमन्त्री हर्ष बर्धनले शनिबार त्यही ‘ड्राई रन’ को स्थलगत अनुमगन गरेका थिए । यसैगरी दिल्ली सरकारले पनि सबै दिल्लीवासीलाई खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले त्यस्तो घोषणा गरेका हुन् ।

भारतमा दुईवटा कोरोना खोपको अनुमति प्रक्रिया अन्तिम चरणमा छ । शनिबार मात्र हैदरबादको कम्पनी भारत बायोटकद्वारा उत्पादन गरिएको कोभिड खोप कोभ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले शनिबार साँझ त्यस्तो सिफारिस गरेको हो । यो खोप भारतमै बायोटक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो ।

यसअघि शुक्रबार मात्रै समितिले इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित कोभिसिल्ड खोपलाई पनि आपत्कालीन प्रयोगलाई सिफारिस गरेको थियो । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् । भारतको औषधि नियन्त्रण महानिर्देशनालयले समितिको सिफारिसकै आधारमा खोपका सम्बन्धमा अन्तिम निर्णय लिने गर्छ । महानिर्देशनालयले केही दिनमै अन्तिम निर्णय लिने बताइएको छ ।

त्यसपछि मात्र भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रूपमा बाटो खुल्नेछ । र, आगामी साताभित्र उक्त निर्णय भइसक्ने अनुमान छ । बेलायतले सरकारले गत बुधबार मात्र अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकसित कोभिसिल्ड आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो ।

शुक्रबार अनुमति पाएको कोभिसिल्डको उत्पादक भारतीय कम्पनी सेरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमले अक्सफोर्ड–अस्ट्राजेनेका ५ करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ । र, कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी कोल्ड स्टोरको चेनको व्यवस्था गरिसकेको जनाएको छ ।

कोरोना महामारीलाई चाँडोभन्दा चाँडो नियन्त्रण लिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि नयाँ विकसित खोपको आपत्कालीन अनुमति दिन सक्ने निर्णय गरेको थियो । डब्लूएचओको उक्त निर्णयपछि नै फाइजरद्वारा उत्पादित खोपले त्यस किसिमको अनुमति पाएको थियो ।

अनुमति फाइजर खोपको प्रयोग अमेरिका र युरोपमा सुरु भइसकेको छ । तर, उक्त खोपको भण्डारण अत्यन्त चिसो वातावरणमा गर्नुपर्ने भएकाले नेपालजस्ता कम विकसित मुलुकका लागि उपयोगी नहुने विशेषज्ञहरूले टिप्पणी गर्दै आएका छन् । तर, सेरमद्वारा उत्पादित खोपलाई फ्रिजमा २ देखि ४ डिग्रीमा मात्र पनि भण्डार गर्न सकिने बताइएको छ ।

यसकारण पनि भारतमा सेरमद्वारा उत्पादित खोपले अनुमति पाएसँगै नेपालमा पनि खोप चाँडै उपलब्ध हुने आस बढेको हो । त्यसमाथि केही दिनअघि मात्र सेरमका एक उच्च अधिकारीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले खोपको आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको बताएका थिए । सरकारले पनि चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थाहरूलाई औपचारिक रूपमै आग्रह गरिसकेको जनाएको छ ।

र, त्यसैअनुसार परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई खोपका लागि औपचारिक पत्राचार नै भइसकेको छ । अघिल्लो महिना भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले नेपाल भ्रमणको क्रममा पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमध्ये नेपाल प्राथमिकतामा रहेको जनाएका थिए ।

प्रतिक्रिया