आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज मात्रै देशभर थपिए ४२१ कोरोना संक्रमित, यति धेरैको मृत्यु, के हेरेर बसेको छ ओली सरकार ?

प्रकाशित
655
SHARES

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८०० जनाको पीसीआर गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५४ हजार ४९४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७८ पुगेको छ । तर सरकारले कोरोना नियन्त्रणका लागि खासै प्रभावकारी भूमिका निभाउन सकेको छैन ।

पीसीआर परीक्षणको नमुना संकलन विधि फरक पर्दा नतिजामा भिन्‍नता : अध्ययन

कोभिड १९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा पनि नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषदले गरेको कोभिड १९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनमा यस्तो नतिजा देखिएको हो ।

परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कुनै अस्पताल/प्रयोगशालाहरुले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको अध्ययनमा देखिएको बताए । उनले भने, ‘नाकबाट स्बाब संकलनका आवश्यक तालिम प्राप्त गरेको हुनुपर्छ यो राम्ररी गरेको पाइएको छैन ।’

अध्ययन नेपालको ६४ वटा प्रयोगशालामा गरिएको थियो जसमा ४३ वटा सरकारी क्षेत्रका प्रयोगशाला समावेश थियो भने २१ वटा निजी क्षेत्रका प्रयोगशालाहरु समावेश थिए । हालसम्म नेपालमा कोरोनाको पीसीआर परीक्षणका लागि ८१ वटा प्रयोगशालाहरु बनिसकेका छन् जसमा ४६ वटा सरकारी तथा ३५ वटा निजी क्षेत्रका रहेका छन् ।

परिषदको अध्ययनमा कोभिडको पीसीआर परीक्षणका लागि बनाइएका प्रयोगशालाहरुमा परीक्षणका लागि औसत मात्रामा प्रविधि, लजिस्टिक म्यानेजमेन्ट सिस्टम रहेको पाएको छ । त्यसैगरी प्रयोगशालाहरुमा तालिमप्राप्त दक्ष जनशक्ति (माइक्रोबायोलोजिस्ट/मोलिक्युलर बायोलोजिस्ट) को कमी भएको पाइयो भने परीक्षणका लागि ल्याबहरु पनि सोही अनुसार निर्माण गरेको पाइएन ।

अध्ययनले दीर्घकालीन रुपमा ती प्रयोगशालाहरु सञ्चालन गर्न जनशक्ति र स्रोत साधन अपुग देखिएको बताउँदै अरु संक्रामक रोगका लागि पनि परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्टहरुको पनि सप्लाइको समस्या देखाएको छ । अक्टुबरदेखि नोभेम्बरसम्म गरिएको यस अध्ययनले प्रयोगशालाहरुमा बायोसेफ्टी, फस्ट एड किट्स, फोहोरमैला व्यवस्थापनमा कमीकमजोरी देखिएको निष्कर्ष निकालेको छ ।

धेरै प्रयोगशलामामा पोस्ट टेस्ट रिजल्ट भ्यालिडेसन सिस्टम भएको पाइएन जसले गर्दा खेरि फल्स पोजिटिभ /नेगेटिभको भेरिफिकेसन गर्न समस्या भएको देखिएको अध्ययनले बताउँछ ।

५० प्रतिशत प्रयोगशालाहरुमा राम्रा पूर्वाधार तथा सेवा रहेका छन् जसमा निजी क्षेत्रका अझै बढी रहेका छन् । कोरोना महमारीको बेला आकस्मिक रुपमा परीक्षणका लागि बनाइएका ल्याबहरुमा सबै सुविधा नपुगेका हुन सक्ने अध्ययनको निर्क्यौल छ ।

धेरै जसो प्रयोगशालाहरुमा पहिलाकै पूर्वाधार प्रयोग गरेर सीमित ठाउँ परीक्षणका लागि छुट्याएर बनाइएको छ । त्यसैगरी केही प्रयोगशाला अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको पाइएको छ । ८० प्रतिशत प्रयोगशालाहरुले बायोसेफ्ट्टी क्याबिनेट राखेका छन् । १८ प्रतिशत सरकारी प्रयोगशाला तथा २३ प्रतिशत निजी प्रयोगशालामा नेगेटिभ प्रेसर रुमको निर्माण गरिएको पाइएको थियो ।

प्रयोगशालाहरुमा पीपीइको उपलब्धता भने पर्याप्त मात्रामा पाइएको छ । धेरै प्रयोगशालाहरुले अस्थायी रुपमा जनशक्ति ल्याएको र एकदम कम समयमा उनीहरलाई तालिम दिइएर काममा लगाइएको पाइएको छ । त्यसैगरी रिएजेन्टको उत्पादनकर्ता र किटको भिन्नताले पनि कहिलेकाही अनेपक्षित नतिजा दिएको अध्ययनले देखाएको छ ।

अध्ययनले यी समस्याहरु सामाधान गर्नका लागि दीर्घकालीन सोच लिएर प्रयोगशालामा लगानी गर्नुपर्ने , दक्ष जनशक्ति विशेषतः माइक्रोबायोलोजिस्ट राख्नुपर्ने र वार्षिक रुपमा स्टाफहरुलाई तालिम दिनुपर्ने तथा मेशिनहरु मर्मत सम्भार गरिराख्नुपर्ने निष्कर्ष निकालेको छ ।

कोभिड १९ को पीसीआर परीक्षणको नमूना संकलन विधिमा फरक पर्दा पनि नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषदले गरेको कोभिड १९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनमा यस्तो नतिजा देखिएको हो ।

परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कुनै अस्पताल/प्रयोगशालाहरुले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको अध्ययनमा देखिएको बताए । उनले भने, ‘नाकबाट स्बाब संकलनका आवश्यक तालिम प्राप्त गरेको हुनुपर्छ यो राम्ररी गरेको पाइएको छैन ।’

अध्ययन नेपालको ६४ वटा प्रयोगशालामा गरिएको थियो जसमा ४७ वटा सरकारी क्षेत्रका प्रयोगशाला समावेश थियो भने २१ वटा निजी क्षेत्रका प्रयोगशालाहरु समावेश थिए । हालसम्म नेपालमा कोरोनाको पीसीआर परीक्षणका लागि ८१ वटा प्रयोगशालाहरु बनिसकेका छन् जसमा ४६ वटा सरकारी तथा ३५ वटा निजी क्षेत्रका रहेका छन् ।

परिषदको अध्ययनमा कोभिडको पीसीआर परीक्षणका लागि बनाइएका प्रयोगशालाहरुमा परीक्षणका लागि औसत मात्रामा प्रविधि, लजिस्टिक म्यानेजमेन्ट सिस्टम रहेको पाएको छ । त्यसैगरी प्रयोगशालाहरुमा तालिमप्राप्त दक्ष जनशक्ति (माइक्रोबायोलोजिस्ट/मोलिक्युलर बायोलोजिस्ट) को कमी भएको पाइयो भने परीक्षणका लागि ल्याबहरु पनि सोही अनुसार निर्माण गरेको पाइएन ।

अध्ययनले दीर्घकालीन रुपमा ती प्रयोगशालाहरु सञ्चालन गर्न जनशक्ति र स्रोत साधन अपुग देखिएको बताउँदै अरु संक्रामक रोगका लागि पनि परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्टहरुको पनि सप्लाइको समस्या देखाएको छ । अक्टुबरदेखि नोभेम्बरसम्म गरिएको यस अध्ययनले प्रयोगशालाहरुमा बायोसेफ्टी, फस्ट एड किट्स, फोहोरमैला व्यवस्थापनमा कमीकमजोरी देखिएको निष्कर्ष निकालेको छ ।

धेरै प्रयोगशलामामा पोस्ट टेस्ट रिजल्ट भ्यालिडेसन सिस्टम भएको पाइएन जसले गर्दा खेरि फल्स पोजिटिभ /नेगेटिभको भेरिफेकन गर्न समस्या भएको देखिएको अध्ययनले बताउँछ ।

५० प्रतिशत प्रयोगशालाहरुमा राम्रा पूर्वाधार तथा सेवा रहेका छन् जसमा निजी क्षेत्रका अझै बढी रहेका छन् । कोरोना महमारीको बेला आकस्मिक रुपमा परीक्षणका लागि बनाइएका ल्याबहरुमा सबै सुविधा नपुगेका हुन सक्ने अध्ययनको निर्क्यौल छ ।

धेरै जसो प्रयोगशालाहरुमा पहिलाकै पूर्वाधार प्रयोग गरेर सीमित ठाउँ परीक्षणका लागि छुट्याएर बनाइएको छ । त्यसैगरी केही प्रयोगशाला अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको पाइएको छ । ८० प्रतिशत प्रयोगशालाहरुले बायोसेफट्टी क्याबिनेट राखेका छन् । १८ प्रतिशत सरकारी प्रयोगशाला तथा २३ प्रतिशत निजी प्रयोगशालामा नेगेटिभ प्रेसर रुमको निर्माण गरिएको पाइएको थियो ।

प्रयोगशालाहरुमा पीपीईको उपलब्धता भने पर्याप्त मात्रामा पाइएको छ । धेरै प्रयोगशालाहरुले अस्थायी रुपमा जनशक्ति ल्याएको र एकदम कम समयमा उनीहरुलाई तालिम दिएर काममा लगाइएको पाइएको छ । त्यसैगरी रिएजेन्टको उत्पादनकर्ता र किटको भिन्नताले पनि कहिलेकाहीँ अनेपक्षित नतिजा दिएको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया