आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समुद्रबाट निस्कियो अनौठो जीव, रुखको जराजस्तै आकार (भिडियोसहित)

प्रकाशित
0.9K
SHARES

समुद्रबाट कयौंपटक यस्ता जीव र बनस्पती बाहिर निस्किन्छन् जसलाई आम मानिसले मात्र नभएर विज्ञानले पनि चिन्दैन। त्यस्ता जीव र बनस्पति देख्दा मानिसहरु आश्चर्यमा पर्छन्। अलास्कामा पनि सन् २०१९ मा त्यस्तै अचम्मको समुद्री जीव भेटिएको थियो।

त्यसको आकार रुखको जराको जस्तो थियो। साराह वेसर अल्फोर्ड नाम गरेकी महिलाले यस समुद्री जीवलाई देखेकी हुन्। उनले यस जीवको भिडियो बनाएपछि यस जीव भाइरल बनेको थियो। भिडियोमा जराजस्ता त्यसका अंग हल्लिएको देख्न सकिन्छ। वैज्ञानिकहरुले यस जीवको नाम बास्केट स्टार भएको बताएका छन्।

अर्को प्रसङ्ग- बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ। अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन्।

म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ। हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका भावः भोग लाग्यो, म रिसाए, मलाई एक्लै छाडिदेउजस्ता वाक्याँश समेटिएका छन्।

एपमा पहिल्यै राखिएका डेटाको माध्यमबाट एपले बिरालोले के भन्न खोजेको पत्ता लगाउँछ। यस एप थप विकास र परिस्कृत हुँदै जाने बताइएको छ। हाल यो एप गुगल प्ले स्टोर र आइफोनको एप स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने जनाइएको छ। एजेन्सी

प्रतिक्रिया