आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एनिभर्सरीमा श्रीमानले श्रीमतीलाई उपहार दिए चन्द्रमामा तीन एकड जग्गा

प्रकाशित
872
SHARES

काठमाडौं । राजस्थानका अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजा आज भोली चर्चामा छन् । उनले श्रीमतिको चन्द्रमामा जमिन किन्ने सपना साकार गरेका छन् ।

उनले २४ डिसेम्बरमा आफ्नो आठौँ बैवाहिक एनिभर्सरीमा श्रीमतीलाई चन्द्रमाको तीन एकड जमिन किनेर उनले उपहार दिएका हुन् । उनले बीबीसीसँग कुरा गर्दै भने – मैले अघिल्लो वर्ष नै अब आउँने एनिभर्सरीमा श्रीमतीलाई चन्द्रमामा जमिन किनेर उपहार दिने सोच बनाएको थिएँ ।

यो सपना पुरा गर्न धेरै सजिलो थिएन । लाखौँ प्रयासपछि सपना साकार भएको हो । उनले श्रीमति सपना अजिना भन्छिन्–उपहारमा चन्द्रमाको जमिन पाएर म निकै खुसी भएको छु । सायद संसारकै भाग्यमानी महिला म नै हुँ । खुसीको कारण रुन मन लागेको छ ।

प्रतिक्रिया