आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा २ करोड ६ लाखभन्दा बढीमा संक्रमण ३ लाख ५६ हजार ४४५ मृत्यु

प्रकाशित
507
SHARES

काठमाडौँ- अमेरिकामा २ करोड ६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे  २४ घण्टामा १ लाख ६६ हजार ४४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ६ लाख १७ हजार ३४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २१ लाख ७५ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८० लाख ८५ हजार ६० जनामध्ये २९ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार १२९ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै शनिबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ४४५ पुगेको छ ।

प्रतिक्रिया