काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको एउटा ट्रकका चालक ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा थानकोटबाट पक्राउ परेका छन् ।
त्यस्तै ड्युटीमा रहेका ट्राफिक प्रहरी कर्मचारीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक छन् । शुक्रबार ११ बजेतिर थानकोटस्थित हिमाल पेट्रोल पम्पनजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान भानुभक्त ढकालले विकलाई मापसे कारबाही गर्न खोज्दा विकले ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।
उस्स्लाई पक्राउ गरी कारबाही गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । राष्ट्रपति ट्रम्पको कार्यकाल सकिनै लागेका बेला भिटो अधिकारलाई पहिलो पटक संसदले अस्वीकृत गरेको हो ।
यसअघि आठ वटा विधेयक भिटो प्रयोग गरेर कानून बनाएका ट्रम्पको सुरक्षा सम्बन्धी विधेयक भने संसदको तल्लो सदनले अस्वीकृत गरेको हो । राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने ट्रम्पले टिप्पणी गरेका छन् ।
प्रतिक्रिया