आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साँझ ६ बजेदेखि लागउने हुने भयो यस्ताे नयाँ नियम

प्रकाशित
0.9K
SHARES

एजेन्सी । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ । संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ ।

सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभावित मुलुकको भूमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ । राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन ।

‘फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,’ सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भने ।

उनलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रसारित समाचारमा भनिएको छ, ‘यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।’ फ्रान्समा २६ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये ६४ हजार ७६५ जनाको मृत्यु भएको छ ।

संक्रमण बढे पनि फ्रान्समा खोपको आकर्षण पनि छैन । टीएफ–वनका अनुसार फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् ।

यता भारतमा थप १७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ३ हजार ४०९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९९ लाख १ हजार १२९ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार २०५ पुगेको हो ।

विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार २१ हजार नाघेको छ ।

अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

२७ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड २८ लाख ९६ हजार ९२२ छ । यसमध्ये १ लाख ६ हजार ५५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ५६ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्राप्त विवरणअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरसको उद्भव भनिएको चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका, भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि फेरि कडिकडाउ गरिएका छन् ।

प्रतिक्रिया