आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजार बढीको मृत्यु ३ हजार ९२ जना संक्रमित

प्रकाशित
720
SHARES

काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट एकैदिन १३ हजार १५ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ लाख २४ हजार ३ सय ७० पुगेको छ । अमेरिकामा एकैदिन ३ हजार ९२ जना संक्रमितको मृत्यु भएको छ भने कुल मृत्यु हुनेको संख्या ३ लाख ५३ हजार ८ सय ६९ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन २ सय २३ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक लाख ४९ हजार १८ पुगेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ३६ जनाको मृत्यु भएको छ । यसरी ब्राजिलमा १ लाख ९४ हजार ९ सय ७६ जना संक्रमितको मृत्यु भएको छ । औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपलाई सार्वजनिक प्रयोगका लागि चीनले अनुमति दिएको छ ।

साइनोफार्मले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी देखिएको जनाएको भोलिपल्टै चिनियाँ निकायहरूले खोप प्रयोगका लागि स्वीकृत दिएका हुन्। चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ हालसम्म खोपको ४५ लाख भन्दा बढी मात्रा वितरण गरिसकिएको छ।

बेङजीङ्ले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा गरेको बीबीसीले जनाएको छ

प्रतिक्रिया