आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रेष्टुरेन्टले तयार पार्यो २४ क्यारेट सुनको बर्गर

प्रकाशित
644
SHARES

काठमाडौँ । एउटा बर्गरको मूल्य कति पर्ला ? सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन ।

त्यस्तै दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक रेष्टुरेन्टले २४ क्यारेट सुन लेपन गरिएको बर्गर तयार पारेको छ ।टोरो म्याककोए नामक उक्त रेष्टुरेन्टले तयार पारेको सुनौलो बर्गरको मूल्य २ लाख कोलम्बियन पेसो रहेको छ । यो भनेको झण्डै ५७ अमेरिकी डलर अर्थात् झण्डै ७ हजार रुपैयाँ छ ।

रेष्टुरेन्टले सामाजिक सञ्जालमा राखेको उक्त विशेष बर्गरको भिडियो हजारौंले हेरिसकेका छन् ।

प्रतिक्रिया