आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्यमन्त्री शेरधन राईद्वारा यी १५ सांसदको पद चैट

प्रकाशित
234
SHARES

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे १५ सांसदलाई कारबाही गरेका छन् । राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् । आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्ने प्रदेश सांसदहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

बिहीबार नै मुख्मन्त्री राईलाई नेकपाको प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट हटाई भीम आचार्यलाई चयन गरेको थियो । यसअघि प्रचण्ड-नेपाल समूहले नै राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो, जसमा आचार्यलाई मुख्यमन्त्रीमा प्रस्तावित गरिएको थियो ।

यस्तै यता सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए । ‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ सभामुख सापकोटाले भने ।

संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने पनि उनले बताए । सापकोटाले भने, ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु ।

प्रतिक्रिया