आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुवेतमा गैरकानूनी बसेकालाई दिएकोमाफी १ महिना थप

प्रकाशित
209
SHARES

काठमाडौँ । कुवेतले गैरकानूनी रूपमा बसोबास गरेका नेपालीसहित बिदेशी श्रमिकहरुलाई दिएको आममाफी एक महिना थपेको छ । कुवेतले गैरकानूनी बसोबास गरेका बिदेशी कामदारलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्न दिएको अवसर डिसेम्बर ३० तारिखमा सकिएसंगै थप एक महिनाको समय दिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

त्यसेले कत्तले दिएको एक महिनाको अवधिमा १ हजार जनाले आममाफीको फाइदा लिएको मन्त्रालयले जनाएको छ । पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।

देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर ३१ देखि जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

आफूलाई कानूनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुनकुवेत प्रवेशमा  प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया