आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महोत्तरीमा भ्यान दुर्घटना, १ बालकको मृत्यु ५ जना घाईते

प्रकाशित
307
SHARES

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ७ मा ना १ ज ३६०० नम्बरको भ्यान ब्याक गर्ने क्रममा सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार घाईते अवस्थामा रहेका बालकको उपचारका लागि जनकपुरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १० स्थित लक्ष्मिनियाँमा अटो दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् । बुधबार दिउँसो ना १ ह ३०९७ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक ५२ वर्षीय गोविन्द रसाईली, अटोमा सवार लमजुङ बेसीशहरका ३० वर्षीय पुष्कर अधिकारी, २८ वर्षका सुमन अधिकारी, २१ वर्षीया सिमा अधिकारी, २८ बर्षीया मन्दिरा केसी घाईते भएका छन् । घाईतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

नाइजेरियाको अबुजा शहरमा सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छैन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।

 

 

प्रतिक्रिया