आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एस्ट्राजेनेकाको खोपलाई बेलायतमा अनुमति

प्रकाशित
199
SHARES

एजेन्सी– अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने एस्ट्राजेनेकाले बताएको छ । फाइबर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताए । एस्ट्राजेनेकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै एस्ट्राजेनेकाको खोप चलाउन थालिएको हो । बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए) ले अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

एक जना स्वास्थ्य विभागका प्रवक्ताले एस्ट्राजेनेकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् । आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताएका थिए ।

आफूहरुले विकास गरेको खोपले फाइबर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने उनले दाबी गरेका छन् । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर, पछिल्लो पटकको अध्ययनले एस्ट्राजेनेकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

प्रतिक्रिया