आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड पत्नी सीता एकाएक अस्पताल भर्ना, भएको के हो ?

प्रकाशित
476
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुन: समस्या देखिए पछि बुधबार ललितपुरको भैंसेपार्टीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो । प्रचण्डकी निजी सचिव एवम् पुत्री ग‌ंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको जानकारी गराएकी छिन् ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो । दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छन्।

प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या भोगिरहेकी छिन् । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

प्राकृतिक चिकित्साविधीबाट उपचारका लागि भन्दै सीतालाई बाबा रामदेवको आश्रममा पनि लगिएको थियो । त्यसअघि प्रचण्ड पत्नीसहित म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि भन्दै पुगेका थिए । तर सीताको स्वास्थ्यमा भने सुधार हुन सकेको छैन ।

प्रतिक्रिया