आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा एकैदिन १ हजार ९६६ संक्रमितको मृत्यु ज्यान गुमाउनेको संख्या ३ लाख ४ १८२

प्रकाशित
495
SHARES

काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार ९६६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले संख्या ३ लाख ४३ हजार १८२ज्यान गुमाउनेको  पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख ९६ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ७७ लाख ४१ हजार ७१५ जनामध्ये २८ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

हालसम्म बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस जापानका सात जनामा पुष्टि भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भेटिएका संक्रमितमध्ये अधिकाशं या त बेलायतबाट फर्किएका वा उनीहरूको सम्पर्कमा आएकाहरू भएको जनाइएको छ।

नयाँ प्रकारको कोरोना भाइरस पहिचान भएपछि जापानले गैरआवासिय विदेशी नागरिकको जापान प्रवेशमा रोक लगाएको छ। सोमबार मध्यरातबाट लागु हुने यो रोक जनवरीको अन्त्यसम्म कायम हुने जापानको राष्ट्रिय टेलिभिजन एनएचकेले जनाएको छ।त्यस्तै स्पेनको राजधानीमा नयाँ कोरोना भाइरस भेटिएको जानकारी त्यहाँका स्थानिय अधिकारीले दिएका छन्। हालसम्म चार जनामा यसको पुष्टि भएको छ भने अन्य तीन जनालाई शंकाको घेरामा राखिएको छ।

भेटिएका मध्ये कम्तीमा दुई जना हालै बेलायतबाट फर्किएकाहरू हुन् भने अन्य उनीहरूका नातेदारहरू हुन्। फ्रान्समा नयाँ किसिमको संक्रमणका संक्रमित शुक्रबार पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया