आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महारानी एकाएक चर्चामा, ‘राजनीति परम्परागत शक्ति चुन्नु हाम्रो गल्ती’

प्रकाशित
578
SHARES

काठमाडौँ।   पोखरा २०७६ को मदन पुरस्कार विजेता कृति ‘महारानी’बाट चर्चामा आएका लेखक चन्द्रप्रकाश बानियाँ मङ्गलबार माछापुछे काखमा गफिन उभिए । साहित्यमा अनौठो इतिहास बनाएका, पहिलो किताबाटै ठूलो पदवी पाएका बानियाँलाई आईएमई नेपाल लिट्रेचर फेस्टिबलको नवौँ संस्करणमा आयोजकले उभ्याएको थियो । सानोतिनो पुरस्कार नपाइ एकैचोटी ठुलो पुरस्कार पाउने लेखक फेस्टिभलको पहिलो सेसनमा पत्रकार लेखक राजकुमार बानियाँसँग गफिए । सेसनको शीर्षक थियो, महारानीको राजनीति ।

एकान्तवासी, गुफाबासी, बाहिरी संसारसँग विलकुलै सम्बन्ध नराख्ने बानियाँले स्टेजमा उभिएपछि उनको छोटो परिचय राखे । सामाजिक सञ्जालमा अलिअलि देखिन थालेका बानियाँको उमेरले ७० टेकिसकेछ । म्याग्दीको कुला चौर भीरमुनीका बानियाँ अहिले पोखरामै छन् । पोखरामै बसे पनि पोखराका लागि उनी नौला हुन् । उनका अहिलेसम्म पाँच किताब प्रकाशित छन् । बानियाँ ‘महारानी’बाट एकाएक चर्चामा आए । मृत्यु संस्कार मन्थन महारानीपछि आएको किताब भए पनि महारानीकै लेभलको चर्चा भएन । भूतपूर्व शिक्षक तथा समाजसेवी बानियाँ २०४८ पर्वतबाट विजयी सांसद पनि हुन् ।

‘तपाईं पोखरामै गुप्तबासमा बस्नु भएको रहेछ । मदन पुरस्कार पाएपछि मात्रै थाहा भयो । पोखराले कस्तो प्रतिक्रिया दियो ? कसरी बधाई दियो पत्रकार बानियाँले स्टेजमा उक्लिएपछि प्रश्न तेस्याई हाले । ‘मेरो पोखरा आगमन अनपेक्षित थियो । मलाई चिन्ने मान्छे पोखरामा कोही पनि थिएनन् । ३ वर्ष विशुद्ध किताबसँग बिताए । पोखरामा लेखिएको तेस्रो किताब हो महारानी,’ लेखक बानियाँले आफ्नो अनुभव सुनाए ।

लेखक बानियाँलाई उनको मदन पुरस्कार जित्नु हर्ष न विस्मात्को अवस्था जस्तो लाग्छ रे । ‘सोझो अर्थमा भन्नु पर्दा उनले मदन पुरस्कार जित्नुसँग पोखराको कुनै सरोकार छैन । को हो, के हो भन्ने कसैलाई थाहै छैन । पीएन क्याम्पसले सानो कार्यक्रम गर्यो । त्यसपछि त के थियो र देश विदेशमा भर्चुअल्ली कुराकानी भयो,’ उनी भन्छन् ।

अझै पनि पोखराले राम्रोसँग चिन्दैन जस्तो लाग्छ रे उनलाई । पोखराको लागि अझैं पनि म गुमनाम छन् उनी । शालिन भद्र स्वभावका बानियाँलाई मदन पुरस्कारको त्यति साह्रो चाख लागेको पनि होइन । भलै उनले यसको स्वाद चाख्न पाए ।

‘बुढ्यौली लागि सक्यो । अरुलाई दिए हुन्थ्यो भन्ने प्रतिक्रिया पढेँ । यति धेरै चर्चा पाउनुमा तपाईंलाई गर्व लाग्देन ?’ सहजकर्ताले अर्को प्रश्न तेस्याई हाले ।

पुरस्कार गौरव गर्न लायक चिज जस्तो लाग्छ रे उनलाई । लेख्न प्रेरित गर्ने धेरै थोक छन् । जसमध्ये एक रहर हो । त्यही रहर कालान्तरमा बानीमा परिणत हुन्छ । अर्को मान्छेले धेरै अध्ययन गरेपछि उसको मष्तिस्क भरिन्छ र छचल्किन्छ ।

अनौठो कुरा लेखक बानियाँमा यि दुई वटै थोक छैन रे ! ‘मैले १० वर्षसम्म केही पनि लेखिनँ । पुरस्कार पाउँदा खुसी नहुने को छ म पनि एकदमै खुसी छु । सम्मान पुरस्कार गौरव गर्ने चिज हो । गर्व गर्ने होइन,’ उनी भन्छन् ।

महारानीले पुरस्कार पाएपछि यति धेरै चर्चा भयो कि महारानी पछि त किताब र लेखकबारे धेरै खोजी भयो । धेरै लेखहरु लेखिए । अर्को अनौठो कुरा त के छ भने मदन पुरस्कार पाएपछि पनि अर्को किताब निस्कियो । तर, त्यसको कुनै चर्चा भएन । ‘पुरस्कार पाएपछि मात्रै चर्चा गर्ने यो कस्तो चलन ?,’ सहजकर्ताले प्रश्न गरे ।

‘चर्चा पाउने अनुमान पनि थिएन । पुरस्कृत हुन्छ भन्ने पनि कुनै कल्पनै थिएन । पुरस्कृत भयो यो आफैंमा अचम्म छ । म चकित छु,’ लेखक बानियाँले मदन पुरस्कार जित्दा ताकाको अनुभव सेयर गरे ।

मदन पुरस्कार विजेता लेखकको अर्को किताब चर्चामा उति साह्रो नआउनु प्रकाशन गर्ने अनुकुल समय नमिलेको जस्तो लागेको छ रे उनलाई । ‘त्यसैले यो छायामा पर्यो जस्तो लाग्छ,’ उनले अघि सुनाए ।

‘महारानीको जननी पर्वत । तपाइँ इतिहासको विद्यार्थी पनि हो । पर्वत राज्यको इतिहास नै किन लेख्नु खोज्नु भयो ?,’ सहजकर्ताको प्रश्न थियो यो ।लेखक बानियाँले अघि सुनाए, ‘पर्वतको इतिहास लेखिएको छैन । कसैले लेखेन मैले लेखी हालौँ भनेर लेखे । मसँग थुप्रै कथाहरु संकलित छन् । मलाई के लाग्यो भने मैले यि कथा भावी पुस्तालाई सुनाउनु पर्छ भन्ने लाग्यो र महारानीको जन्मभयो ।’पाठकको हातमा पुगेपछि पहिलो दिनदेखि नै प्रशंसा हुन लाग्यो महारानीको । नयाँ समालोचकहरुले नेपालमा लेखिएका ऐतिहासिक उपन्यास मध्येको एक हो भनि दिए । महारानीका पात्रमध्ये ९० प्रतिशत पात्र इतिहासबाट लिइएका हुन् ।

‘उपन्यासमा घनश्याम राजा संवेदनशील देखिएका छन् । यसरी लेख्नुको अर्थ अहिलेको वर्तमान राज्य पनि त्यस्तै भै दिए हुन्थ्यो भन्ने हो रे ! भर्खर सामन्तवादमा उक्लिदै गरेको राजा, गोरखामा दौडेर राजा हुने चलन थियो । तै पनि मेरो कल्पनामा राजा त्यस्तो भयो,’ लेखक बानियाँ अघि सुनाउँछन् । ‘उनी जनमैत्री राजा थिए ।’

‘त्यति बलियो राजाले चलाएको राज्य कसरी धुलिसात भयो ?,’ सहजकर्ता बानियाँले प्रश्न गरे । ‘दुई भाइको लडाइँ भयो भाइ मारियो । यो ऐतिहासिक कथा हो । घनश्यामले ऐतिहासिक घटना हेरेर काशी तिर्थ गए । मैले घनश्यामलाई काशी पठाएँ । मैले इंगित गरे जस्तै घनश्यामले गल्ति गरेका हुन् । दुई भाईको लडाइँ मिल्नु पर्ने थियो भन्ने हो । यो राजनीतिसँग जोडिएको छ ,’ लेखक बानियाँले भने ।

‘पहिलो संविधान सभा बनायौ । राम्रो संविधान बनाउने बाटोमा थियौं । त्यो कसैलाई पचेन । परिवर्तनकारी शक्ति बलियो हुन पनि सकेन,’ उनले थपे, ‘दोस्रो संविधान बनाउँदा मतदाता कमजोर भयौँ । परम्परागत शक्तिलाई जितायौँ । संविधान त बनायौं । तर, जनताले खोजे जस्तो बनेन । चाहेर नचाहेर केही राम्रा कुरा परे ।’

नेपाल आइएमइ लिट्रेचर फेस्टिभलका नवौं संस्करण भर्चुअल्लि रुपमा पोखरा १८ सराङकोटमा चल्दै छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनले यो पालिको साहित्य मेलामा १६ सेसन छन् । ४७ वक्ताले यो पालिको साहित्य मेलामा साहित्य बहस छेड्दै छन् ।

प्रतिक्रिया