आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बूढानीलकण्ठ पुगेर काँग्रेस सभापति देउवालाई भेटवार्ता चिनियाँमा

प्रकाशित
311
SHARES

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग  चिनियाँमा  भेटवार्ता सुरूभए  छ। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विहान देउवा निवास बुढानीलकण्ठमा पुगेर उनलाई भेटेको हो । भेटमा सभापति देउवासहित काँग्रेस केन्द्रीय सदस्य डा नारायण खड्कापरराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई समेत रहेका थिए । भेटका नेपाल–चीनको सम्बन्ध बारे कुराकानी भएको भट्टराईले बताए । देउवासँगको भेटमा वर्तमान परिस्थितिबारे कुनै संवाद नभएको भट्टराईले बताए । शिष्टाचार भेटघाट मात्र भएको उनको भनाइ छ ।

भेटघाटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री यझाओले चिनियाँ पार्टी स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा मनाइने कार्यक्रमका लागि राष्ट्रपति सी जिङपिङले सभापति देउवालाई निम्तो पठाएको सुनाएका थिए । आइतबार काठमाडौँ ओर्लिएको चिनियाँ टोलीले तीन दिनयता निरन्तर राजनीतिक भेटवार्ता गरिरहेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटको चिनियाँ टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओेली, नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटेको थियो ।

यस्तै सोही दिन सभामुख अग्नि सापकोटाका साथै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो । पुस ५ गते प्रधानमन्त्री ओेलीले संसद विघटनको कदम चालेपछि उत्पन्न परिस्थितिकाबीच चिनियाँ टोलीले नेपालाा राजनीति भेटघाटमा जोड दिएको देखिन्छ ।

प्रतिक्रिया