आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड-माधव समुहका फेरि यी मन्त्रीले दिए राजीनामा, ओली तनावमा

प्रकाशित
556
SHARES

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड-नेपाल पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ ।

‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ ।

यी स्थानबाट निस्किँदैछन् जुलुस

१४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-माधव समूहले १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

प्रदर्शनलाई सशक्त र व्यवस्थित बनाउने सन्दर्भमा शनिबार युवाहरुको र उपत्यका विशेष प्रदेश कमिटीको बैठक बसेको थियो । १४ गतेको प्रदर्शनलाई लक्षित गरेर आइतबार विद्यार्थीहरुको बैठक बस्न लागेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले भने, ‘पार्टीको अहिले सम्पूर्ण ध्यान संसदको असंवैधानिक विघटनविरुद्ध १४ गते गर्ने प्रदर्शनको तयारीमा केन्द्रित छ । त्यसका लागि विभिन्न जनवर्गीय संगठन, मोर्चा, सम्पर्क मञ्च, प्रदेश कमिटी, जिल्ला कमिटीलगायतको बैठक बस्दै आएको छ । त्यहीअनुसार आज हामी विद्यार्थीहरु बस्दै छ ।’

कार्की ब्यांक्वेटमा दुई दिनसम्म बसेको नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार आज पुस १२ गते ७७ जिल्लाहरूको भेला तथा बैठक हुँदैछ । १४ गते ७७ वटै जिल्लामा आन्दोलन गर्ने, २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय सो समूहले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा निर्वाचन आयोग छ ।

चिनियाँ राजदूतले नेपाली नेता भेट्दा नयाँ दिल्लीमा भूकम्प

केही दिन यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् ।

उनको यो भेटले नयाँ दिल्लीमा भने भूकम्प गएको छ । भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको भेटले नयाँ दिल्लीमा एक खालको तरंग सिर्जना गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुले चिनियाँ राजदूतले नेकपालाई विभाजनबाट जोगाउन अन्तिम प्रयास गरेको उल्लेख गरेका छन् । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धी समाचारलाई पनि उनीहरुले निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले नेकपालाई फुट्नबाट जोगाउन अन्तिम प्रयास गर्ने उदेश्यले चिनियाँ राष्ट्रपतिले विशेष टिम पठाउन लागेको उल्लेख गरेको छ । काठमाडौंस्थित चिनियाँ राजदूतले नेपालका प्रमुख नेताहरुलाई भेटेपछि सो टिम पठाउन लागेको पत्रिकाले उल्लेख गरेको छ ।

त्यसैगरी भारतको अंग्रेजी अनलाइन दि प्रिन्टले नेकपालाई पुन एकीकृत बनाउने प्रयास सफल नुहने र चीनले व्यर्थको प्रयास गरिरहेको उल्लेख गरेको छ । त्यसैगरी दि हिन्दु पत्रिकाले पनि सो सम्बन्धी समाचारलाई निकै प्राथमिकतका साथ प्रकाशित गरेको छ ।

अन्य विभिन्न भारतिय संचारमाध्यमहरुले पनि चिनियाँ राजदूतको भेटघाटलाई निकै प्राथमिकतका साथ प्रकाशित गरेका छन् । त्यसैगरी भारतका विभिन्न थिंक ट्याङकहरुले समेत चिनियाँ राजदूतको भ्रमणलाई निकै उत्सुकतामा साथ हेरिरहेका छन् ।

यस्तै नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन्। भारतकाे अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै पूर्वराजदूत पुरीले वर्तमान घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नर्कान नसकिने विश्लेषण गरेका हुन्।

उनले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच यस विषयमा सम्झौता भएको हुन सक्ने आशंका गरेका छन्। उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएकाे हुन सक्ने देखिन्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।’

प्रतिक्रिया