आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फुटबल खेलाडी विक्रम र विमलको उपचार कतारमा हुने

प्रकाशित
482
SHARES

काठमाडौं । राष्ट्रिय टिमका दुई फुटबल खेलाडी विक्रम लामा र विमल घर्ती मगरको उपचार कतारमा हुने भएको छ । दुवै खेलाडी चोटका कारण अहिलेण राष्ट्रिय टिमको प्रशिक्षमा छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडीको चोटको प्रकृति हेरेर कतारमा उपचार गरिने आइतबार जनाएको छ ।कतार फुटबल एसोसिएसनसँग भर्खरै भएको सम्झौता अनुसार दुवै खेलाडीको उपचार कतारको एस्पटरमा हुनेछ । एप्सटर अर्थोपेडिक र स्पोर्टस् ्मे

रडिसिनको  विशेष हस्पिटल हो । लामाको खुट्टामा चोट फेरि बल्जिएपछि फलो अफको रुपमा उपचार हुन लागेको हो । थ्री स्टारबाट खेल्ने क्रममा उनलाई २०१८ मा चोट लागेको थियो र चोटबाट निको हुँदै पुनरागमन समेत गरेका थिए ।यस्तै विमललाई भने राष्ट्रिय टिको क्लोज क्याम्पमा प्रशिक्षणका बेला चोट लागेको हो । डिसेम्बर १८ मा उनको घुँडामा गम्भीर खालको चोट लागेको हो । चोट र उपचारका कारण दुवै खेलाडी लामो समय राष्ट्रिय टिमको बाहिर रहनु पर्ने भएको छ ।

प्रतिनिधि सभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् ।
सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

प्रतिक्रिया